काठमाडौँ, १२ जेठ । पछिल्लो २४ घण्टामा थप १४५ जनाको मृत्यु भएको छ भने ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या एक लाख १७ हजार ७७ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




