advertisement

विधानकै आधारमा तयार नियमावलीमा संगठन विभागको प्रमुखलाई पार्टी कमिटी परिचालनको अधिकार थपिएको छ। सो अधिकार र जिम्मेवारी पाएपछि बुधबारबाट शनिबारसम्म उपाध्यक्ष गौतम २ नं. प्रदेशको पार्टी काममा निस्कने भएका छन्। गौतम निकट स्रोतका अनुसार पार्टीले दिएको जिम्मेवारीअनुसार सातवटै प्रदेशमा संगठन निर्माण र परिचालनमा जाने उनको योजना छ। यो खबर आजको नागरिक दैनिकमा छ ।

" /> नेकपामा वामदेव गौतम शक्तिशाली हुँदै - Sarbocha Media

नेकपामा वामदेव गौतम शक्तिशाली हुँदै

`

     २०७६ माघ २१ गते २:५२

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा चयन गरेसँगै वामदेव गौतम शक्तिशाली भएका छन्। उनी यसअघिदेखि नै संगठन विभागको संयोजक छन्। विधान संशोधन गरेर संगठन विभागको अधिकार थपेसँगै पार्टी कार्यकर्ता परिचालनको जिम्मा विभागलाई नै दिएपछि गौतम शक्तिशाली भएका हुन्। नेकपामा करिब आठ लाख संगठित सदस्य छन्।

संगठन विभागलाई नियमावलीअनुसार ६ वटा अधिकार रहेकामा अहिले थपेर ११ बनाइएको छ । पार्टीमा दुई अध्यक्षपछि उपाध्यक्ष हुने भए पनि वरियतामा भने दुई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालपछि मात्रै उनको वरियता कायम गरिएको छ।

उपाध्यक्ष भएपछि दुई अध्यक्षबीचको सन्तुलन कायम गर्ने भूमिका पनि उनलाई आइपरेको छ। विधानले गौतमलाई अध्यक्षको अनुपस्थितिमा अध्यक्षको अधिकार र कर्तव्य प्रयोग र पालना गर्ने, अध्यक्षलाई सहयोग गर्ने, केन्द्रीय कमिटीले तोकेको काम गर्ने तोकेको छ।

advertisement

विधानकै आधारमा तयार नियमावलीमा संगठन विभागको प्रमुखलाई पार्टी कमिटी परिचालनको अधिकार थपिएको छ। सो अधिकार र जिम्मेवारी पाएपछि बुधबारबाट शनिबारसम्म उपाध्यक्ष गौतम २ नं. प्रदेशको पार्टी काममा निस्कने भएका छन्। गौतम निकट स्रोतका अनुसार पार्टीले दिएको जिम्मेवारीअनुसार सातवटै प्रदेशमा संगठन निर्माण र परिचालनमा जाने उनको योजना छ। यो खबर आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?