गरिबी, रोजगारका अवसर कम हुनु, घरेलु हिंसाका कारण मानव बेचबिखनका मुख्य कारण रहेको व्यूरोको भनाइ छ । त्यसैगरी, जताततै आपराधिक संजालको दलदलको अवस्था रहेकोमा महिलाको सचेतनामा कमी हुनाका कारण ठगिने गरेको व्यूरोको ठहर छ । धेरै लोभलालचका साथ युरोप र अमेरिका छिर्न खोज्नाले पनि सजिलै ठगिने गरिएका छन् । यो खबर गोरखापत्रमा छ ।

" /> भिजिट भिसाको नाममा बेचबिखन, आफन्तबाटै बेचिन्छन् धेरै - Sarbocha Media

भिजिट भिसाको नाममा बेचबिखन, आफन्तबाटै बेचिन्छन् धेरै

`

     २०७७ चैत्र ११ गते १:१९

काठमाडौं, १० चैत । भिजिट भिसाको नाममा नेपाली ठगिने घटना बढ्दै गएको तथ्याङ्क बाहिर आएको छ ।प्रहरी प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान व्यूरोले भिजिट भिसामा लगेर दलालहरुले विदेशमा नेपालीलाई अलपत्र पार्ने गरेको घटना बढेको बताएको हो । मानव बेचबिखन अनुसन्धान व्यूरोका प्रवक्ता अनुरागकुमार द्विबेदीका अनुसार भिजिट भिसा लगाएर विभिन्न मुलुक लैजान खोज्ने वा पैसा लिएर बीच बाटोमै अलपत्र पार्ने गरेको उजुरी आउने गरेको बताउनुभयो ।

यस्ता किसिमका गिरोहमाथि निगरानी बढाए पनि मानव तस्करी धन्दा नरोकिएको उहाँ बताउनुहुन्छ । नेपालको विमानस्थलमा कडाइ हुँदा भारतको नाका हुँदै अन्य तेस्रो मुलुकमा महिला पु–याउने गरेको उजुरी आउने गरेको उहाँ बताउनुहुन्छ । नेपालबाट भारत जाने ठाउँमा २४० चेकपोष्ट भए पनि झुक्काएर अन्य कुनै माध्यम प्रयोग गरेर छिर्ने गरेको पाइएको छ । प्रहरीले चेकजाँचलाई कडाइ नै गरे पनि खुल्ला सिमाना भएको कारण पूर्णरुपमा रोक्न नसकिएको अनुसन्धान व्यूरोको भनाइ छ ।

धेरै महिला बाहिरको मान्छेबाट भन्दा पनि नजिकको आफन्तबाटै ठगिनेदेखि बेचिने गरेको अनुसन्धान व्यूरोको अनुसन्धानले देखाउँछ । धेरै महिला आफ्नो आर्थिकस्थिति कमजोर भएकै कारण उनीहरुमाथि फाईदा लिन त्यस्ता गिरोह लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।

गरिबी, रोजगारका अवसर कम हुनु, घरेलु हिंसाका कारण मानव बेचबिखनका मुख्य कारण रहेको व्यूरोको भनाइ छ । त्यसैगरी, जताततै आपराधिक संजालको दलदलको अवस्था रहेकोमा महिलाको सचेतनामा कमी हुनाका कारण ठगिने गरेको व्यूरोको ठहर छ । धेरै लोभलालचका साथ युरोप र अमेरिका छिर्न खोज्नाले पनि सजिलै ठगिने गरिएका छन् । यो खबर गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?