समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उनी बंगलादेश गएकी हुन् ।

भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ ।

राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ ले सम्मान गरिएको छ। आजै उनले समकक्षी हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् भने प्रधानमन्त्री शेख हसिना लगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

उक्त कार्यक्रममा भण्डारी नेपाल–बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ ।

त्यसैगरी भण्डारी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा सहभागी हुने छिन् । त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारिकको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको छ । भण्डारीको भ्रमण दलमा एक सांस्कृतिक टोली पनि रहने छ ।

" /> राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश प्रस्थान - Sarbocha Media

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश प्रस्थान

`

     २०७७ चैत्र ०९ गते ६:११

काठमाडौँ, ९ चैत । दुई दिने औपचारिक भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत बङ्गलादेश प्रस्थान गरेकी छन्।

समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उनी बंगलादेश गएकी हुन् ।

भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ ।

राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ ले सम्मान गरिएको छ। आजै उनले समकक्षी हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् भने प्रधानमन्त्री शेख हसिना लगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

उक्त कार्यक्रममा भण्डारी नेपाल–बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ ।

त्यसैगरी भण्डारी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा सहभागी हुने छिन् । त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारिकको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको छ । भण्डारीको भ्रमण दलमा एक सांस्कृतिक टोली पनि रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?