मृतकका बुवा विपतीया कापरका नाममा ५ धुर जग्गा र घर रहेको छिमेकी बेचन यादवले बताए। त्यही घरजग्गा बन्धक राखेर उपचार खर्च तिरेको यादवले सुनाए। ‘चार सन्तानमध्ये छोराको मृत्यु भएपछि आमाबुवा बेहोस भएका छन्। तर, अस्पतालले अन्तिम संस्कार गर्न पनि दिएन’, उनले भने, ‘कसैले ऋण दिन मानेका छैनन्।’ यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।

 

" /> उपचार खर्च तिर्न नसकेपछि अस्पतालले १८ वर्षीय कापरको शव दिन अस्वीकार गर्यो - Sarbocha Media

उपचार खर्च तिर्न नसकेपछि अस्पतालले १८ वर्षीय कापरको शव दिन अस्वीकार गर्यो

`

     २०७७ चैत्र ०१ गते १:४६

विराटनगर, १ चैत । परिवारले उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले १८ वर्षीय कैशाल कापरको शव दिन अस्वीकार गरेको छ।

धनुषाको धनुषधाम–४ हरिपुरका कापर फागुन १२ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। त्यसपछि न्युरोमा भर्ना भएका कापरको २० गते उपचारकै क्रममा मृत्यु भएको थियो। तर, उपचार खर्च नतिरेको भन्दै अस्पतालले कापरको शव परिवारलाई नबुझाएको हो।

मृतकका हजुरबुवा मधुरी कापरले अस्पतालले नातिको शव बन्धक बनाएर राखेको बताए। पैसा नबुझाएका कारण शव हेर्नै नदिएको उनको भनाइ छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारबापत बाँकी रकम तिर्न सक्ने अवस्था नरहेको उनले बताए। मृतकका आफन्तले ऋण लिएर अस्पतालमा १ लाख ५० रुपैयाँ बुझाएका छन्। टाउको शल्यक्रिया गरिएको भन्दै थप ३ लाख ८५ हजार रकम माग्ने गरेको मधुरीले बताए।

मृतकका बुवा विपतीया कापरका नाममा ५ धुर जग्गा र घर रहेको छिमेकी बेचन यादवले बताए। त्यही घरजग्गा बन्धक राखेर उपचार खर्च तिरेको यादवले सुनाए। ‘चार सन्तानमध्ये छोराको मृत्यु भएपछि आमाबुवा बेहोस भएका छन्। तर, अस्पतालले अन्तिम संस्कार गर्न पनि दिएन’, उनले भने, ‘कसैले ऋण दिन मानेका छैनन्।’ यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?