मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला केन्द्रको निर्णय कुर्नुबाहेक अन्य विकल्प नरहेको बताउँछन्। ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट’ को केन्द्रीय कमिटीको निर्देशन नआएकाले नाका खोल्न समस्या भएको हो,’ उनले भने ‘हामीले निर्णय गरेर खोल्न मिल्दैन।’ यो खबर आजको अन्पूर्ण पोस्ट दैनिकमा छ ।

" /> ‘चोर बाटो’बाट आवतजावत गर्नेको भीड हरेक दिन बाक्लिँदै - Sarbocha Media

‘चोर बाटो’बाट आवतजावत गर्नेको भीड हरेक दिन बाक्लिँदै

`

     २०७७ फाल्गुन २७ गते १:४९

विराटनगर, २७ फागुन । गृह मन्त्रालयले नेपाल–भारतका २८ वटा नाका माघ १६ गतेदेखि खोल्ने निर्णय गर्‍यो। सो निर्णयमा विराटनगरस्थित रानी नाका पनि सूचीकृत थियो। तर, अहिले पनि सो नाकामा ढाट लागेको छ।

‘चोर बाटो’बाट आवतजावत गर्नेको भीड भने हरेक दिन बाक्लिँदै गएको छ। गृह मन्त्रालयले उपलब्ध गराएको अनलाइन फारम भरेपछि भारतीयलाई नेपालतर्फ प्रवेश गर्न दिने नियम सरकारको छ। सो नियम कोरोना महामारीमा भन्दा पनि कडा महसुस गर्छन् आवतजावत गर्नेहरू। ‘अनेक नियम ल्याएर आउन जानै समस्या छ, भारतबाट विराटनगर फर्किएका राजीव मगर भन्छन् ‘अब पनि के नियम राखिराखेको होला, चोर बाटोबाट सबै गएकै छन्, आएकै छन्।’

सरकारले नाका खोल्ने भन्ने निर्णय गरेको एक महिना बितिसक्यो। नाका खोल्दा कस्तो असर पर्‍यो, कस्तो सुधार गरेर खोल्ने भन्नेबारे सरकारले विश्लेषण गरेको छैन।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला केन्द्रको निर्णय कुर्नुबाहेक अन्य विकल्प नरहेको बताउँछन्। ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट’ को केन्द्रीय कमिटीको निर्देशन नआएकाले नाका खोल्न समस्या भएको हो,’ उनले भने ‘हामीले निर्णय गरेर खोल्न मिल्दैन।’ यो खबर आजको अन्पूर्ण पोस्ट दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?