काठमाडौं, २७ फागुन । पूर्वप्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्माओलीमाथि आक्रोस व्यगरेका छन् ।
भट्टराईले ओलीलाई अरूको सिकारमा विषाक्त घाँस हाल्न लागिपरेको भन्दै खलनायक हुन् भनेका छन् । उनले त्यतिमात्र होइन ओली हटाउँ देश बचाउ समेत भनेका छन् । उनले बुधबार ट्विट गर्दै ओली नेपाली प्रतिगमनका मुख्य खलनायक भएको पनि बताएका हुन् ।

उनले भनेका छन्, ‘अखाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव हो । तर, नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत् ? यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरूको सिकारमा विषाक्त घाँस हाल्दै छन् ! किन नबुझेको र? ओली हटाऊँ देश बचाऊँ ।’




