एजेन्सी, २६ फागुन। ब्राजिलमा मङ्गलबार एकै दिनमा कोरोना सङ्क्रमणका कारण करिब २ हजार जनाको मृत्यु भएको जनाएको छ ।
ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नका लागि अस्पताल र खोपहरुले विस्तारै प्रगति भएको समाचारमा उल्लेख गरिएको छ । तर पनि मृत्यु हुनेको संख्या भने अझै घटेको छैन ।
कोरोना महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको ब्राजिलमा गत २४ घण्टामा १ हजार ९७२ जनाको कोभिड–१९ को सङ्क्रमणबाट नै मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणका कारण सबै भन्दा बढी अमेरिकामा मृत्यु भएको छ । त्यसपछि दोस्रो क्षति ब्राजिलमा नै पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
२४ घण्टामा ब्राजिलमा थप ७० हजार ७६४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कुल सङ्क्रमितको संख्या १ करोड ११ लाख पुगेको छ । ब्राजिलमा कोरोना शुरु भएयता हालसम्म २ लाख ६८ हजार ३७० को मृत्यु भइसकेको छ ।
ब्राजिलमा कोरोना सङ्क्रमणको दैनिक तथ्यांकअनुसार गत मार्च ३ मा यसबाट एकै दिनमा २ हजार ९०० को मृत्यु भएको थियो । गत दुई हप्ता यता यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको बताइएको छ ।
सार्वजनिक स्वास्थ्य संस्था फिओक्रुजले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ब्राजिलका २७ ओटा प्रान्तीय राजधानीमा २५ ओटा राजधानी शहरका स्वास्थ्य संस्थाहरूका आकस्मिक कक्षहरु ८० प्रतिशतभन्दा बढी भरिएका बताइएको छ ।
कोभिड –१९ विरूद्धको उपचार तथा अन्य प्रक्रियामा २०२० को अन्त्यतिर ब्राजिलमा प्रभावकारी देखिएको थियो । तर पनि सन् २०२१ को पहिलो आधाआधीमा भने यहाँ महामारीको फैलावट निकै बढेको थियो ।
अहिले पनि सो महामारीको प्रकोप झन् बढेको फियोक्रुजका वरिष्ठ अधिकारी ओरेलानाले एएफपीलाई बताएका छन् ।
कोरोना विरुद्धको खोपका कारण हालको महामारीको परिस्थितिमा आमूल परिवर्तन भएको पनि उनले बताएका छन्। तर मृत्यु हुनेहरुको संख्या नघट्नु दुःखद भएको बताए । –सिन्ह्वा




