प्रधानमन्त्रीले अगाडि भन्नुभयो, मुलुकमा तीब्र गतिले चौतर्फी रुपमा भएको बिकासबाट अतालिएर केही नेता छटपटटाउन थालेका छन् । प्रत्येक प्रदेशमा एक हजार बिगाहा भन्दा ठूलो क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट बिनियोजन भइसकेको छ । नेपालकै सबैभन्दा ठूलो झापाको दमकमा निर्माण हुने चीन नेपाल मैत्री औद्योगिक पार्कले आगामी दुइ बर्षभित्रमा उत्पादन सुरु गर्ने बताउनु्भयो । नेपाल अब चाँडै बस्तु निर्यात गर्ने मुलुकको रुपमा चिनिने बताउनुभयो । यो खबर गोरखापत्रमा छ ।

" /> अविश्वासको प्रस्ताव पास गरेर हटाउन प्रधानमन्त्री ओलीको चुनौती - Sarbocha Media

अविश्वासको प्रस्ताव पास गरेर हटाउन प्रधानमन्त्री ओलीको चुनौती

`

     २०७७ फाल्गुन १७ गते १:०५

झापा, फागुन १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाएर देखाउन नुचौति दिनुभएको छ । आफूलाई कसैले मुद्दा जितादिएर कसैले प्रधानमन्त्री नबनाइ नेपाली जनताले मतदान गरेर बनाएकाले जनातको आषिर्वाद रहिन्जेल कसैले हटाउन नसक्ने बताउनुभयो ।

संसद पुर्नस्थापना भइसकेपछि प्रधामन्त्री हटाउन बिभिन्न नेताका घर ढोका चाहार्न थालेको उल्लेख गर्दै संसदीय दलको नेता केपी हो, पार्टी अध्यक्ष केपी हो, प्राधानमन्त्री केपी ओली नै हो अब कुन प्रक्रिया र कुन बाटोबाट प्रधानमन्त्री हटाउने हो हटाएर देखाउन चुनौति छ उहाँले भन्नुभयो ।
संसाद पुर्नस्थापना गरी अदालतबाट जितेर ल्याएको हो भने अविश्वासको प्रस्ताव राख्नु होस् पास गर्नुहोस् । पहिला पनि अविश्वासको प्रस्तावबाट नै हटाइएको हो । पछि जनताले चुनेर पाठाएको हो त्यस कारण अब पनि हहटाउन प्रकृया बिधिबाट आउन सुझाव दिनुभयो ।

आइतबार झापाको दमक, कमल र गौरादह क्षेत्रमा स्थापना गर्न लागिएको चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुर्नस्थापना भयो राम्रो भएको भएको छ । पुर्नस्थापना हुनासाथ केही नेता नयाँ प्रधानमन्त्री खोज्दै हिडेको बताउनुभयो । यस अर्थमा आफूले पञ्चायतदेखि नै केही गल्ति नगर्दा पनि मुद्दा खेप्दै हार्दै आएको प्रसंग उल्लेख गर्दै अदालतले हराएपनि जनताले जिताइन्जेल कसैको केही नलाग्ने बताउनुभयो । उहाँले लामो सर्घष र बलिदानबाट ल्याइएको लोकतन्त्रलाई तलमाथि हुन नदिने बताउनुभएको छ ।

प्रधानमन्त्रीले अगाडि भन्नुभयो, मुलुकमा तीब्र गतिले चौतर्फी रुपमा भएको बिकासबाट अतालिएर केही नेता छटपटटाउन थालेका छन् । प्रत्येक प्रदेशमा एक हजार बिगाहा भन्दा ठूलो क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट बिनियोजन भइसकेको छ । नेपालकै सबैभन्दा ठूलो झापाको दमकमा निर्माण हुने चीन नेपाल मैत्री औद्योगिक पार्कले आगामी दुइ बर्षभित्रमा उत्पादन सुरु गर्ने बताउनु्भयो । नेपाल अब चाँडै बस्तु निर्यात गर्ने मुलुकको रुपमा चिनिने बताउनुभयो । यो खबर गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?