उहाँले वैज्ञानिक क्षेत्रले असाध्य मेहनत गरेर आविस्कार गरेको खोपप्रति आपूmले पूर्ण विश्वस्त भएर खोप लगाएको जानकारी दिनुभयो । “मलाई मधुमेह छ, औषधि नियमित खाइरहेको छु,” पत्रकार रिसालले थप्नुभयो, “खोप लगाएको ठाउँमा अलिअलि दुखे पनि अरू केही भएन ।” यो खबर अजाको गोरखापत्रमा छ ।

" /> खोपप्रति ज्येष्ठ नागरिक उत्साहित - Sarbocha Media

खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

`

     २०७७ फाल्गुन १६ गते १:३२

काठमाडौँ, फागुन १६ । नेपालमा कोरोना भाइरस सङ्क्रमण सुरु भएको एक वर्षपछि कोरोनाविरुद्धको खोप लगाउने अभियान अगाडि बढेको छ । यसले समाजका सबै तप्कालाई आशावादी बनाएको छ भने ज्येष्ठ नागरिकलाई झनै उत्साहित बनाएको छ ।

खोपबारे विभिन्न कुरा आइरहेपछि ढुक्कले खोप लगाउन ज्येष्ठ नागरिकको सुझाव छ । प्राथमिकताका आधारमा खोप लगाउने क्रममा अब ज्येष्ठ नागरिकले खोप लगाउने पालो आएको छ तर कतिपय ज्येष्ठ नागरिकले प्राथमिकताका आधारमा खोप ल गाइसक्नुभएको छ । खोप लगाउन बाँकी ज्येष्ठ नागरिक खोपप्रति उत्साहित हुनुहुन्छ ।

कतिपय ज्येष्ठ नागरिकले पत्रकारको हैसियतले समेत कोरोनाविरुद्धको खोप लगाइसक्नुभएको छ । त्यसैक्रममा हुनुहुन्छ, वरिष्ठ पत्रकार भैरव रिसाल । उमेरले ९३ वर्ष पुगिसक्नुभएका रिसालले केही चिकित्सकको सल्लाहमा खोप लगाएको जानकारी दिनुभयो । सुरुमा खोपबारे भ्रामक विषयलाई प्रचार गरिए पनि आफूलाई खोपमा पूर्ण विश्वास रहेको उहाँले बताउनुभयो । आफूले चिनेका चिकित्सकद्वय डा। सरोज धिताल र डा। अर्जुन कार्कीसँंग परामर्श गरेको उहाँले जानकारी दिनुभयो ।

वरिष्ठ पत्रकार रिसालले भन्नुभयो, “चिकित्सकले लगाउन सुझाव दिएका कारण लगाएँ ।” आफूलाई मधुमेह, उच्च रक्तचाप कुनै पनि रोग नभएको भन्दै उहाँले प्रोस्टेट र पार्किसन्सको समस्या भने रहेको बताउनुभयो । कोरोनाविरुद्धको खोपले सबैलाई हर्षित तुल्याएको र त्यसमा पनि ज्येष्ठ नागरिकको जीवनलाई सुुरक्षित बनाएको बताउँदै उहाँले भन्नुभयो, “खोपले ज्येष्ठ नागरिकलाई उत्साहित बनाएको छ ।”

“खोप लगाउनासाथ घर आएर सिटामोल खाएँ,” रिसालले थप्नुभयो, “खोप लगाएपछि हुनसक्ने असर ज्वरो आउने, बान्ता हुने, जिउ दुख्नेलगायतका कुनै समस्या भएन ।” खोप लगाइसकेपछि खोप शाखा प्रमुख झलक गौतमले फोन गरेर आफ्नो स्वास्थ्य अवस्थाबारे बुझेको जानकारी पनि उहाँले दिनुभयो । यस्तै ७६ वर्षीय वरिष्ठ पत्रकार पुरु रिसालले पनि खोप लगाउनुभएको छ ।

उहाँले वैज्ञानिक क्षेत्रले असाध्य मेहनत गरेर आविस्कार गरेको खोपप्रति आपूmले पूर्ण विश्वस्त भएर खोप लगाएको जानकारी दिनुभयो । “मलाई मधुमेह छ, औषधि नियमित खाइरहेको छु,” पत्रकार रिसालले थप्नुभयो, “खोप लगाएको ठाउँमा अलिअलि दुखे पनि अरू केही भएन ।” यो खबर अजाको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?