advertisement

प्रहरीका अनुसार दुवैको घटनास्थलमा नै मृत्यु भएको र शव सिन्धुली अस्पतालमा रहेको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेको खस्दा दुबैको ज्यान गएको बताइएको छ।

" /> सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको घटनास्थलमा नै मृत्यु - Sarbocha Media

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको घटनास्थलमा नै मृत्यु

`

     २०७६ माघ १८ गते ६:२०

सिन्धुली, १८ माघ । सिन्धुलीको बिपी राजमार्गअन्तर्गत मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । प्रदेश नं २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईको ज्यान गएको हो ।

मोटरसाइकल चालक धनुषा जिल्ला महेन्द्रनगर–२ घर भई हाल छिरेश्वर नगरपालिका–६ निवासी २४ वर्षीय सुनिलकुमार राय राजपुत र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कृष्णकुमार गुप्ताको मृत्यु भएको जनाइएको छ ।

advertisement

प्रहरीका अनुसार दुवैको घटनास्थलमा नै मृत्यु भएको र शव सिन्धुली अस्पतालमा रहेको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेको खस्दा दुबैको ज्यान गएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?