काठमाडौं, १८ माघ । चीनबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमण करिब दुई दर्जन मुलुकमा देखिएपछि विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ)ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ ।

भाइरसका कारण शुक्रबार बिहानसम्म चीनमा २ सय १३ जनाको मृत्यु भइसकेको छ । संक्रमित व्यक्तिको संख्या ९ हजार ८ सय नाघेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार संक्रमितमध्ये १ हजार ५ सय २७ जना चिन्ताजनक अवस्थामा रहेको आजको कान्तिपुर दैनिकमा छ ।




