इजलासमा निवेदक पक्षबाट निर्णय सुनाउने मितिको चासो व्यक्त भएपछि प्रधानन्यायाधीश जबराले भन्नुभयो, ‘निसुको त प्रश्न नै भएन । फागुन १० गतेसम्म त बहस नोटको समय नै भयो, त्यसपछि हेर्दाहेर्दैमा । फागुन ११ गते हेर्दाहेर्दै सकियो भने त्यही दिन हुन सक्छ वा १२ गते पनि हुन सक्छ । हेर्दाहेर्दै सकिएपछि निर्णय हुन्छ ।’’ यो खबर आजको गोरखापत्रमा छ ।

" /> प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दायर रिट निवेदनको सबै पक्षको बहस सम्पन्न - Sarbocha Media

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दायर रिट निवेदनको सबै पक्षको बहस सम्पन्न

`

     २०७७ फाल्गुन ०८ गते १:११

काठमाडौँ, ८ फागुन। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा सबै पक्षको बहस सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट पनि राय दिने क्रम सकिएको हो ।

दुई महिनाअघि दायर त्यस रिटको सुनुवाइको अन्तिम दिन शुक्रबार एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ता गीता पाठक सङ्ग्रौलाले बहस गर्नुभयो । बहस सकिएपछि इजलासले फैसलाको मिति तोकेको छैन । तर फागुन ११ गतेलाई हेर्दाहेर्दैको पेसी तोकिएको छ । सम्भवतः त्यसै दिन वा सोपछि कुनै दिन फैसला हुने जनाउ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलासमा दिनुभएको छ ।

इजलासले सोमबारसम्म बहस नोट पेस गर्न समय दिएको छ । सरकारी वकिल तथा बहसमा सहभागी अन्य कानुन व्यवसायीले समेत सो अवधिमा बहस नोट पेस गर्न सक्नेछन् । बहस नोट पेस भएपछि इजलासले फैसलाका लागि मङ्गलबार हेर्दाहेर्दैको पेसी तोकेको हो ।

इजलासमा निवेदक पक्षबाट निर्णय सुनाउने मितिको चासो व्यक्त भएपछि प्रधानन्यायाधीश जबराले भन्नुभयो, ‘निसुको त प्रश्न नै भएन । फागुन १० गतेसम्म त बहस नोटको समय नै भयो, त्यसपछि हेर्दाहेर्दैमा । फागुन ११ गते हेर्दाहेर्दै सकियो भने त्यही दिन हुन सक्छ वा १२ गते पनि हुन सक्छ । हेर्दाहेर्दै सकिएपछि निर्णय हुन्छ ।’’ यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?