काठमाडाैं, १७ माघ । काठमाडौंको बालाजुमा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । बालाजु–वनस्थली सडकखण्डमा कान्तिपुर यातायताको बा १ ख ६६४५ नम्बरको बसले बा ८५ प १४९३ नम्बारको स्कुटीलाई शुक्रबार ठक्कर दिँदा धादिङ दार्खाकी ४० वर्षीय लिलाकुमारी घलेको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा उनकी २५ वषीया छोरी शर्मिला घले घाइते भएकी छिन् । उनको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने कान्तिपुर यातायातका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त बस चक्रपथ रुटमा चल्ने प्रहरीले जानकारी दिएको छ ।





