अनुसन्धानमा खटिएका डीआईजी उत्तम सुवेदीले भने, ‘पाँचवटा केस छन् भनिएको छ । रेकर्ड हेर्न लगाएको छु । यकिन भइसकेको छैन । केहीको जाहेरी दर्ता नभएको कुरा आएको छ ।’ यो खबर कान्तिपुर दैनिकमा छ ।

" /> भागरथीको हत्या भएको गाउँमा यसअघि ५ जनाको हत्या, तर भएन अनुसन्धान - Sarbocha Media

भागरथीको हत्या भएको गाउँमा यसअघि ५ जनाको हत्या, तर भएन अनुसन्धान

`

     २०७७ फाल्गुन ०३ गते २:१४

काठमाडौं, ३ फागुन । दोगडाकेदार गाउँपालिकाअन्तरगत पर्ने साबिकको देउलेक गाविसमा भागरथी भट्टको बलात्कारपछि हत्या हुनुभन्दाअघि पाँच जनाको हत्या घटनामा अनुसन्धान नै नभएको पाइएको छ । गुपचुप राखिने गरिएकैले अपराधका घटनाले निरन्तरता पाउँदा भागरथीको हत्या भएको त होइन भन्ने टीकाटिप्पणी पनि हुन थालेको छ ।

‘यसअघि भएका हत्या घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाही गरेको भए भागरथीको बलात्कार र हत्या घटना हुँदैन थियो कि,’ स्थानीयले भने, ‘विगतका घटनामा प्रहरीले वास्ता नगर्नुमा घटनामा राजनीतिक पहुँच भएका व्यक्तिका आफन्त दोषी छन् ।’

अहिले त्रासले घटनाबारे खुलेर कसैले पनि बोल्न नसक्ने अवस्था गाउँमा रहेको उनको भनाइ छ । जति घटना भए पनि केही नहुने भएकाले आफूमाथि झमेला आइलाग्दा भनेर स्थानीयले बोल्न नचाहेको उनले बताए ।

अनुसन्धानमा खटिएका डीआईजी उत्तम सुवेदीले भने, ‘पाँचवटा केस छन् भनिएको छ । रेकर्ड हेर्न लगाएको छु । यकिन भइसकेको छैन । केहीको जाहेरी दर्ता नभएको कुरा आएको छ ।’ यो खबर कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?