जनताले तिरेको करबाट उठेको रकम खर्च गर्न नसकेर मुद्दतीमा राखेको अवस्थाले सम्बन्धित सरकारको असक्षमता झल्किने पूर्वअर्थिसचिव सुवेदीको भनाइ छ । ‘जनताको कल्याणका लागि काम गर्ने सरकारले घोषणा गरेअनुसार काम गर्न नसक्नु र विनियोजित रकम नै बचत हुनु भनेको कार्यकुशलताको चरम अभाव हो,’ उनले भने । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> विकास बजेट ब्याजमा लगाउँदै काठमाडौं महानगर : नौ प्रतिशत ब्याजका लागि एक अर्ब मुद्दती खातामा - Sarbocha Media

विकास बजेट ब्याजमा लगाउँदै काठमाडौं महानगर : नौ प्रतिशत ब्याजका लागि एक अर्ब मुद्दती खातामा

`

     २०७७ फाल्गुन ०२ गते १:१९

काठमाडौं ,२ फागुन । काठमाडौं महानगरपालिकाले विकासको नयाँ मोडल अभ्यास गरिरहेको छ । राजस्वबाट उठाएको रकम सञ्चित खातामा राखेर विकास गर्नुपर्नेमा महानगरले मुद्दती खातामा राखेर नौ प्रतिशत ब्याज उठाइरहेको छ ।

महानगरको विकास खर्च स्थिति दयनीय छ । चालू आर्थिक वर्ष ०७७÷७८ का लागि १६ अर्ब ४२ करोड बजेट छुट्याएको महानगरले विकासतर्फ ९पुँजीगत बजेट० नौ अर्ब ६ करोड ४७ लाख विनियोजन गरेको थियो । तर, ६ महिनामा ६९ करोड ६२ लाख अर्थात् ७।६९ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । विकासतर्फ कामै गर्न नसकेपछि महानगरले आर्थिक स्रोतबाट ब्याज उठाउने रणनीति लिएको छ । यही क्रममा नबिल बैंकमा एक अर्ब रुपैयाँ राखिएको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले पर्याप्त तरलता भएपछि ब्याज आर्जन हुने गरी रकम मुद्दतीमा राखिएको बताए । ‘यसरी राख्दा नौ प्रतिशत ब्याज आउँछ,’ उनले भने । महानगरपालिकाको राजस्व विभागका अनुसार हाल महानगरसँग आठ अर्ब तरलता छ, जसमध्ये एक अर्ब मुद्दती र बाँकी सात अर्ब विभिन्न कोषमा छ ।

‘राजस्वबाट संकलित रकम मुद्दती खातामा रु’ पूर्वअर्थसचिव रामेश्वर खनाल आश्चर्य मान्छन् । ‘राजस्व त देशको उन्नतिका लागि खर्च गर्न हो, बजेटको सीमामा रहेर अधिकतम खर्च गर्नुप¥यो । मुद्दतीमा राखेर ब्याज खानु नागरिकमाथि अन्याय हो । करबाट उठाएको र बजेटमा तोकिएको खर्च पनि गर्न नसकेर मुद्दतीमा राख्नु गम्भीर आर्थिक अपराध हो,’ उनले नयाँ पत्रिकासँग भने ।

बजेट जति धेरै खर्च गर्न सक्यो त्यति प्रगतिशील काम हुने र त्यसले अर्थतन्त्रलाई पनि लाभ हुने खनालको भनाइ छ । ‘बजेट खर्च हुँदा पूर्वाधार बन्ने मात्र होइन, रोजगारी बढ्छ र अर्थतन्त्र चलायमान हुन्छ । तर, खर्च गर्न सकिनँ भनेर कुनै पनि तहको सरकारले पैसा ब्याजमा लगाउन मिल्दैन । काठमाडौं महानगर मात्र होइन, कुनै पनि सरकारले मुद्दतीमा पैसा राख्न मिल्दैन,’ उनले भने ।

पूर्वअर्थसचिव शान्तराज सुवेदीका अनुसार संघीय, प्रदेश र स्थानीय तीनवटै तहको सरकारको नाममा आउने सबै किसिमका रकम सम्बन्धित सरकारको सञ्चित कोषमा जम्मा हुने संवैधानिक व्यवस्था छ । संघीय र प्रदेश सरकारको सञ्चित कोष राष्ट्र बैंकमा तथा स्थानीय सरकारको सञ्चित कोष ‘क’ वर्गको वाणिज्य बैंकमा हुने कानुनी व्यवस्था छ । तर, संविधानले विकास बजेट मुद्दतीमा राख्ने परिकल्पनासमेत गरेको छैन ।

‘सरकारको सञ्चित कोष भनेको चालू खाताजस्तै हो । जहाँ राजस्व, अनुदान, वैदेशिक सहयोगलगायतबाट आएको रकम जम्मा हुन्छ । एक हिसाबले त्यो बास्केट कोषजस्तै हो,’ सुवेदीले भने, ‘सम्बन्धित सरकारले खर्च गर्दा सोही कोषबाट शीर्षकगत हिसाबले निकासा गर्छन् । र, त्यही कोषबाट वर्षभरि खर्च हुन्छ । वर्षभरिमा अर्थात् असार मसान्तसम्म पनि खर्च नभएको रकम फ्रिज हुन्छ र अर्को आर्थिक वर्षका लागि पुनः सोही सञ्चित कोषमै जम्मा हुने हो,’ उनले भने ।

जनताले तिरेको करबाट उठेको रकम खर्च गर्न नसकेर मुद्दतीमा राखेको अवस्थाले सम्बन्धित सरकारको असक्षमता झल्किने पूर्वअर्थिसचिव सुवेदीको भनाइ छ । ‘जनताको कल्याणका लागि काम गर्ने सरकारले घोषणा गरेअनुसार काम गर्न नसक्नु र विनियोजित रकम नै बचत हुनु भनेको कार्यकुशलताको चरम अभाव हो,’ उनले भने । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?