प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीसहित सरकारी वकिल, जिल्ला अस्पतालका चिकित्सक, सशस्त्र प्रहरीको टोली शुक्रबार बिहान घटनास्थल पुगेका छन्। प्रमुख जिल्ला अधिकारी जोशीले किशोरीको बलात्कारपछि हत्या भएको अनुमान गरिएको जानकारी दिए। ‘फरेन्सिक टिम बोलाएका छौं। घटना मुचुल्का गरी किशोरीको शव जिल्ला अस्पताल लगिएको छ’, प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘त्यहाँ चिकित्सको टोलीले पोस्टमार्टम गरेपछि मात्रै विस्तृतमा भन्न सकिन्छ।’ किशोरीको बलात्कारपछि हत्यामा संलग्न दोषी चाँडै पत्ता लगाई कानुनी दायरामा ल्याइने जोशीले बताए। यो खबर अन्नपूर्ण पोस्टमा छ ।

" /> विद्यालय गएकी किशोरीको बलात्कारपछि बीभत्स हत्या - Sarbocha Media

विद्यालय गएकी किशोरीको बलात्कारपछि बीभत्स हत्या

`

     २०७७ माघ २४ गते १:३६

धनगढी, २४ माघ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी ९कतोला० की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ। भागरथी गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्। बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा बिहीबार बेलुकी घरभन्दा तीन किलोमिटर दूरीमा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा उनको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय खोचलेक र विद्यालयबाट झन्डै दुई किमि दूरीमा घाँटी निमोठिएको, हातमा धारिलो हतियार प्रयोग गरिएको र बलात्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा शव फेला भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी बिहीबार राति नै घटनास्थल पुगेका थिए। जिल्ला सदरमुकाम गोठलापानीबाट मोटर चढेर झन्डै डेढ घण्टामा घटनास्थल पुगिन्छ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीसहित सरकारी वकिल, जिल्ला अस्पतालका चिकित्सक, सशस्त्र प्रहरीको टोली शुक्रबार बिहान घटनास्थल पुगेका छन्। प्रमुख जिल्ला अधिकारी जोशीले किशोरीको बलात्कारपछि हत्या भएको अनुमान गरिएको जानकारी दिए। ‘फरेन्सिक टिम बोलाएका छौं। घटना मुचुल्का गरी किशोरीको शव जिल्ला अस्पताल लगिएको छ’, प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘त्यहाँ चिकित्सको टोलीले पोस्टमार्टम गरेपछि मात्रै विस्तृतमा भन्न सकिन्छ।’ किशोरीको बलात्कारपछि हत्यामा संलग्न दोषी चाँडै पत्ता लगाई कानुनी दायरामा ल्याइने जोशीले बताए। यो खबर अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?