निर्वाचनमा जाँदा देश र लोकतन्त्र नै संकटमा पर्ने गलत तर्क गरिएको भन्दै ओलीले जनताको चेतनास्तर धेरै माथि पुगिसकेकाले कसैले पनि लोकतन्त्र मास्न नसक्ने ठोकुवा गरे । ‘निर्वाचनमा अभिमत प्रकट गर्दा, जनताले सरकार छान्दा, जनताको फैसलाअनुसार देश अगाडि बढ्दा देश संकटमा पर्छ रु केही मान्छेले कुनामा बसेर षड्यन्त्र गरेर अरूका लागि काम गर्दा देश संकटमा पर्ने हो । जनताको चेतनास्तर यति माथि उठेको छ, अब कसैले चाहेर पनि लोकतन्त्र मासिन सक्दैन, कसैले लोकतन्त्रलाई केही गर्छु भन्ने नचिताए हुन्छ, लोकतन्त्रतर्फ कर्केआँखा नलाए हुन्छ, कसैले प्रतिगमन नसोचे पनि हुन्छ, यो देश अघि बढ्यो–बढ्यो,’ ओलीले भने ।

नेकपा ओली पक्षले आयोजना गरेको बृहत् प्रदर्शनपछि आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले आफूविरुद्ध विभिन्न भ्रम फिँजाइए पनि लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले उल्ट्याउन नसक्ने प्रस्ट्याए । प्रधानमन्त्री ओलीले संसद् विघटनको औचित्य पुष्टि गर्ने कोसिस गर्दै प्रचण्ड–नेपाल समूहले लगाउँदै आएको आरोपको खण्डन गरे । यो खबर नयाँपत्रिकामा छ ।

" /> प्रधानमन्त्री ओली : लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ - Sarbocha Media

प्रधानमन्त्री ओली : लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ

`

     २०७७ माघ २४ गते १२:२२

काठमाडौं, २४ माघ । संसद् विघटनपछि लगातार राजनीतिक, संवैधानिक र कानुनी दबाब झेलिरहेका प्रधानमन्त्री केपी ओलीले देशभरका नेता–कार्यकर्ता जम्मा गरेर आफ्नो कदमको प्रतिरक्षा गरेका छन् ।

काठमाडौंमा शुक्रबार बृहत् सभा गरेर प्रधानमन्त्री ओलीले अहिलेका परिवर्तनप्रति आफ्नो निष्ठा कायमै रहेको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने पनि स्पष्ट पारेका छन् । अहिलेका राजनीतिक परिवर्तनप्रति उनको निष्ठालाई लिएर गम्भीर प्रश्न उठिरहेका वेला प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममार्फत गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता मुद्दाप्रतिको प्रतिबद्धता दोहोर्‍याएका छन् ।

‘यो सभा केका लागि भनेर हिजोसम्म विभिन्न प्रकारका भ्रम फिँजाइएका छन् । आज पनि लैनचौरको बाटोमा हिँड्नेहरूले भन्दै थिए– राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले १ जसले जीवनको आधा समय गणतन्त्रका लागि, सामाजिक न्याय र समानताका लागि लड्यो, त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे १,’ नारायणहिटी संग्रहालयअगाडि आयोजित सभामा ओलीले भने, ‘हामीले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौँ । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कसैले तलमाथि गर्छु भन्ने नसोचे पनि हुन्छ । हामीले लडेर, बलिदान गरेर ल्याएका छौँ । यसको कार्यान्वयन गरेर अगाडि जान्छौँ ।’ संसद् विघटनपछि गणतन्त्रप्रति ओलीको इमानदारीलाई लिएर नेकपाकै प्रचण्ड–नेपाल समूहले बारम्बार प्रश्न उठाएको छ ।

निर्वाचनमा जाँदा देश र लोकतन्त्र नै संकटमा पर्ने गलत तर्क गरिएको भन्दै ओलीले जनताको चेतनास्तर धेरै माथि पुगिसकेकाले कसैले पनि लोकतन्त्र मास्न नसक्ने ठोकुवा गरे । ‘निर्वाचनमा अभिमत प्रकट गर्दा, जनताले सरकार छान्दा, जनताको फैसलाअनुसार देश अगाडि बढ्दा देश संकटमा पर्छ रु केही मान्छेले कुनामा बसेर षड्यन्त्र गरेर अरूका लागि काम गर्दा देश संकटमा पर्ने हो । जनताको चेतनास्तर यति माथि उठेको छ, अब कसैले चाहेर पनि लोकतन्त्र मासिन सक्दैन, कसैले लोकतन्त्रलाई केही गर्छु भन्ने नचिताए हुन्छ, लोकतन्त्रतर्फ कर्केआँखा नलाए हुन्छ, कसैले प्रतिगमन नसोचे पनि हुन्छ, यो देश अघि बढ्यो–बढ्यो,’ ओलीले भने ।

नेकपा ओली पक्षले आयोजना गरेको बृहत् प्रदर्शनपछि आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले आफूविरुद्ध विभिन्न भ्रम फिँजाइए पनि लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले उल्ट्याउन नसक्ने प्रस्ट्याए । प्रधानमन्त्री ओलीले संसद् विघटनको औचित्य पुष्टि गर्ने कोसिस गर्दै प्रचण्ड–नेपाल समूहले लगाउँदै आएको आरोपको खण्डन गरे । यो खबर नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?