यसको साथै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ । जसमध्ये २ लाख ६६ हजार ८५९ जनाले कोरोना जितेका छन् । अहिले नेपालमा २ हजार ४०० जना संक्रिय संक्रमित रहेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेका छन्।

देशभर क्वारेन्टाइनमा भने ९५ जना मात्र रहेका छन् भने आइसोलेसनमा ८६४ जना रहेका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा २० लाख ७८ हजार ९८ जनाको पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार कोरोनाका २१ जनाको भेन्टिलेटरमा र १२८ जनाको आइसीयूमा उपचार भइरहेका छन्।

" /> पछिल्लो २४ घण्टामा थप १७१ जना संक्रमित, १ को मृत्यु - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप १७१ जना संक्रमित, १ को मृत्यु

`

     २०७७ माघ २० गते १२:२३

काठमाडौँ २० माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ९४६ जनाको स्वाब परीक्षण गराउँदा ७१ महिला र १०० पुरुषमा संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका ६५ जनासहित १७१ जनामा संक्रमण देखिएको हो। मंगलबार कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ भने २५९ जना डिस्चार्ज भएका छन्।

यसको साथै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ । जसमध्ये २ लाख ६६ हजार ८५९ जनाले कोरोना जितेका छन् । अहिले नेपालमा २ हजार ४०० जना संक्रिय संक्रमित रहेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेका छन्।

देशभर क्वारेन्टाइनमा भने ९५ जना मात्र रहेका छन् भने आइसोलेसनमा ८६४ जना रहेका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा २० लाख ७८ हजार ९८ जनाको पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार कोरोनाका २१ जनाको भेन्टिलेटरमा र १२८ जनाको आइसीयूमा उपचार भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?