काठामाडौं, १७ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादवलाई ६ हजार रुपैंयाँ घुससहित पक्राउ गरेको छ ।
हवल्दार यादवले भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोली शुक्रबार नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार यादवले सेवाग्राहीबाट ६ हजार घुस रकम लिई तत्कालै खाजा होटल संचालन गर्ने स्थानीय व्यापारी विनोद साहलाई राख्न दिएको अवस्थामा उक्त रकम सहित दुबै जनालाई हरिनगर गाउँपालिका-४ हरिनगरा बजारबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।




