advertisement

गत वर्ष खर्च भएको बजेटमध्ये १४ अर्ब ८७ करोड १४ लाख रुपैयाँ कर्मचारीले पाएका थिए, तर यसपालि मितव्ययी हुने भनेर कर्मचारीका लागि भत्ता घटाएर १२ अर्ब ९५ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यही बजेटबाट कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई समेत भत्ता दिने भनिएको छ । यो खबर आजको नयाँपत्रिकामा छ।

" /> संक्रमितको सेवामा र मृतकको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले एक रुपैयाँ पनि जोखिम भत्ता पाएनन् - Sarbocha Media

संक्रमितको सेवामा र मृतकको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले एक रुपैयाँ पनि जोखिम भत्ता पाएनन्

`

     २०७७ पौष १४ गते १:१२

काठमाडौं, १४ पुस । सरकारी पदाधिकारी र कर्मचारीको भत्तामा मात्र गत वर्ष १५ अर्ब खर्च गरेको सरकारले यो वर्ष १३ अर्ब बजेट छुट्याएको छ । तर, कोभिड महामारीबाट सारा समाज डराएको वेला फ्रन्टलाइनमा खटिएर संक्रमितको सेवा गर्ने मात्र होइन, मृतकको शव व्यवस्थापन गर्ने सुरक्षाकर्मीले एक रुपैयाँ पनि भत्ता पाएका छैनन् ।

कर्मचारी तथा पदाधिकारीको भत्तामा गत वर्ष १५ अर्ब तीन करोड रुपैयाँ खर्च भएको थियो । चालू आर्थिक वर्षको बजेटमा पदाधिकारी तथा कर्मचारीको भत्ताका लागि सरकारले १३ अर्ब ४३ करोड १३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

advertisement

गत वर्ष खर्च भएको बजेटमध्ये १४ अर्ब ८७ करोड १४ लाख रुपैयाँ कर्मचारीले पाएका थिए, तर यसपालि मितव्ययी हुने भनेर कर्मचारीका लागि भत्ता घटाएर १२ अर्ब ९५ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यही बजेटबाट कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई समेत भत्ता दिने भनिएको छ । यो खबर आजको नयाँपत्रिकामा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?