advertisement

पछिल्लो समय बेलायतमा चाँडै फैलिने नयाँ किसिमको कोरोना भाइरस देखिएका बेलायतबाट आउन रोक लगाइएको छ।

तर पुस १ गतेदेखि ७ गतेसम्म आएका सबैलाई अनिवार्य १० दिन क्वारेन्टिन बस्न र जाँच गर्न मन्त्रालयले आग्रह गरेको छ।

म्हाशाखा प्रमुख पाण्डेका अनुसार कोरोना देखिएका ५ जनाको जिन अध्ययन गरी नयाँ वा पुरानो भाइरसबारे थप जानकारी लिइनेछ।

" /> बेलायतबाट आएका ५ जनामा कोरोना, भाइरस नयाँ/पुरानोबारे अध्ययन गरिने - Sarbocha Media

बेलायतबाट आएका ५ जनामा कोरोना, भाइरस नयाँ/पुरानोबारे अध्ययन गरिने

`

     २०७७ पौष १३ गते २:१४

काठमाडाैं, १३ पुष । बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख बासुदेव पाण्डेका अनुसार सोमबार बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टि भएको हो।

तर उनीहरुलाई पुरानो प्रजातिको कोरोना हो वा नयाँ भन्नेबारे स्पष्ट नभएको उनले बताए। ‘संक्रमित सबै होटल क्वारेन्टिनमै छन्’ उनले भने।

advertisement

पछिल्लो समय बेलायतमा चाँडै फैलिने नयाँ किसिमको कोरोना भाइरस देखिएका बेलायतबाट आउन रोक लगाइएको छ।

तर पुस १ गतेदेखि ७ गतेसम्म आएका सबैलाई अनिवार्य १० दिन क्वारेन्टिन बस्न र जाँच गर्न मन्त्रालयले आग्रह गरेको छ।

म्हाशाखा प्रमुख पाण्डेका अनुसार कोरोना देखिएका ५ जनाको जिन अध्ययन गरी नयाँ वा पुरानो भाइरसबारे थप जानकारी लिइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?