advertisement

नेकपाका ६७ मध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ प्रदेशसभा सदस्य हुन् । मुख्यमन्त्री राईको सरकार ढालेर नया“ सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक हुन्छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

" /> अविश्वासको प्रस्ताव आरामले सामना गर्छु : मुख्यमन्त्री राई - Sarbocha Media

अविश्वासको प्रस्ताव आरामले सामना गर्छु : मुख्यमन्त्री राई

`

     २०७७ पौष १३ गते २:१२

विराटनगर, १३ पुस । सत्तारूढ नेकपाका दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्ताव सामना गरेर अघि बढ्ने मुख्यमन्त्री राईले बताएका छन् ।

निवर्तमान आर्थिक, मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा बिहान १०ः४३ बजे अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । मुख्यमन्त्रीका लागि प्रदेशसभा सदस्य भीम आचार्यलाई प्रस्ताव गरेको छ । उनको प्रस्तावकमा आङ्बो र समर्थकमा लछुमन तिवारी छन् । आचार्य पार्टीको संसदीय दलका नेताको निर्वाचनमा मुख्यमन्त्री राईसग दुई मतले पराजित भएका थिए । आचार्यले २४ मत ल्याएर पराजय बेहोरेका थिए भने मुख्यमन्त्री राई २६ मत ल्याएर विजय भएका थिए । १ मत बदर भएको थियो ।

उनीहरूले सभामुख प्रदीपकुमार भण्डारीलाई पनि अविश्वासको प्रस्ताव बुझाए । आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा पारित गराउन आपूmहरूसग बहुमत प्रदेशसभा सदस्य रहेको दाबी गरे । ‘मुख्यमन्त्रीज्यूले मन्त्री पदबाट हटाएर तर्साउन थालेकाले तत्काल प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका हौं,’ उनले भने, ‘पहाडी तथा हिमाली क्षेत्रका धेरै प्रदेशसभा सदस्यको हस्ताक्षर हुन अहिले बाकी नै छ ।’

प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ, राजकुमार ओझा, तेजमान कन्दङबा, पदमकुमारी गुरुङ, राजन राई, गुलेफुन खातुन र कृष्णकुमारी राईको हस्ताक्षर हुन बाकी रहेको दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यहरूको भनाइ छ । उनले अविश्वासको प्रस्ताव पारित गराउन अन्य दलका प्रदेशसभा सदस्य आवश्यक नपर्ने दाबी गरे ।

‘मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभाबाट पारित गराउन अन्य दल आवश्यक पर्दैन । हामीसंग नेकपाकै बहुमत प्रदेशसभा सदस्य छन्,’ उनले भने, ‘तर संविधानमाथि अतिक्रमण भएको विद्यमान अवस्थामा समान दृष्टिकोण राख्ने अन्य दलहरूस“गै सहकार्य गरेर प्रदेशसभामा अघि बढ्छौं ।’

मुख्यमन्त्री राई नेतृत्वको सरकार प्रदेशसभामा अल्पमतमा परेको छ । दाहाल–नेपाल र ओली पक्षधर मुख्यमन्त्री राई दुवैले बहुमत प्रदेशसभा सदस्य आआप्ना पक्षमा ल्याउन तानातान गरिरहेका छन् । प्रदेश १ सभामा रहेका ९३ सदस्यमा नेकपाका ६७, कांग्रेसको २१, जनता समाजवादी पार्टीको ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १/१ जना प्रदेशसभा सदस्य छन् ।

advertisement

नेकपाका ६७ मध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ प्रदेशसभा सदस्य हुन् । मुख्यमन्त्री राईको सरकार ढालेर नया“ सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक हुन्छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?