advertisement

विकसित पछिल्लो घटनाक्रमले नेपाल अस्थिर हुने अरू कसैको दबाब वा प्रभावमा पर्ने हो हो कि भन्नेमा बेइजिङको चासो छ । ‘सरकार मात्र होइन, राजनीतिक रूपमै नेपालमा अस्थिरता हुने हो कि भन्ने चिन्ता छ । र, यही अस्थिरताको जगमा नेपाली भूमिलाई बाहिरी शक्तिले प्रयोग गर्छन् कि भन्ने मूल चिन्ता छ,’ चिनियाँ दूतावासनजिक स्रोतले भन्यो, ‘वैदेशिक चलखेल हुन सक्छ र चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन सक्छ भन्नेमा बेइजिङ सजग छ ।’ यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> नेकपाको उद्धारमा आयो चिनियाँ टोली - Sarbocha Media

नेकपाको उद्धारमा आयो चिनियाँ टोली

`

     २०७७ पौष १३ गते १:१२

काठमाडौं, १३ पुस । चिनियाँ राजदूत होउ यान्छीको अथक प्रयासपछि पनि नेकपा विभाजन भएको एक सातामा चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । नेकपालाई फेरि जुटाउन सकिने सम्भावनाको खोजी गर्दै आएको टोलीले राजनीतिक र संवैधानिक अन्योलबीच नेपालमा भारत र अमेरिकाको प्रभाव बढ्ला कि भनेर चासो राखेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको सद्भाव सन्देश बोकेर चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल आइपुगेको छ । टोली नेकपाको एकताको सम्भावनाबारे पनि खोजी गर्ने ‘म्यान्डेट’ लिएर आएको छ ।

‘अढाई वर्षअघि नेपालका दुई कम्युनिस्ट पार्टी एकीकृत भएपछि उत्साही भएको चीन गत साता भएको संसद् विघटन र नेकपा विभाजनबाट चिन्तित छ, यही बिन्दुबाट नेपालमा अस्थिरता र अन्योल सुरु हुने र विदेशीको प्रभाव बढ्ने हो कि भनेर चीन चिन्तित छ,’ चिनियाँ दूतावासनिकट स्रोतले भन्यो, ‘चीनको सद्भाव, चासो व्यक्त गर्ने मात्र होइन, नेकपालाई फेरि जुटाउन पहल गर्ने उद्देश्यले टोली नेपाल आएको हो ।’

टोलीले आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई भेटेको छ । ‘नेपालमा राजनीतिक स्थायित्व, समृद्धि, विकास, निर्णय प्रक्रियामा बाह्य मुलुकको अहस्तक्षेप होस् भन्ने हामी चाहन्छौँ, चीन आफ्नो सामथ्र्यले भ्याएसम्म विकास प्रक्रियामा र कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने विषयमा सहकार्य गर्न प्रतिबद्ध छ,’ राष्ट्रपति भण्डारीलाई चिनियाँ टोलीले आफ्ना राष्ट्रपति सीको सन्देश सुनाएको छ ।

advertisement

विकसित पछिल्लो घटनाक्रमले नेपाल अस्थिर हुने अरू कसैको दबाब वा प्रभावमा पर्ने हो हो कि भन्नेमा बेइजिङको चासो छ । ‘सरकार मात्र होइन, राजनीतिक रूपमै नेपालमा अस्थिरता हुने हो कि भन्ने चिन्ता छ । र, यही अस्थिरताको जगमा नेपाली भूमिलाई बाहिरी शक्तिले प्रयोग गर्छन् कि भन्ने मूल चिन्ता छ,’ चिनियाँ दूतावासनजिक स्रोतले भन्यो, ‘वैदेशिक चलखेल हुन सक्छ र चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन सक्छ भन्नेमा बेइजिङ सजग छ ।’ यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?