advertisement

राष्ट्र बैंकको तथ्यांकअनुसार पनि गत शुक्रबारसम्म वित्तीय प्रणालीमा करिब २ खर्ब रुपैयाँ अधिक तरलता छ । जसमध्ये अल्पकालका लागि विभिन्न औजारमार्फत करिब ९० अर्ब रुपैयाँ राष्ट्र बैंकले बजारबाट तानेको छ । साथै १ खर्ब १२ अर्ब रुपैयाँ वित्तीय प्रणालीमा अधिक तरलताका रूपमा छ । राष्ट्र बैंकले छोटो समयका लागि बजारबाट पैसा तानेकाले त्यसको परिपक्वको अवधि सकिएपछि फेरि प्रणालीमै फर्किनेछ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

" /> घट्यो ऋणको ब्याजदर - Sarbocha Media

घट्यो ऋणको ब्याजदर

`

     २०७७ पौष १२ गते २:१४

काठमाडौं, १२ पुस । अघिल्लो आर्थिक वर्षको कात्तिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ऋणको ब्याजदर औसत साढे २ प्रतिशत विन्दुले घटेको छ ।

लामो समयदेखिको अधिक तरलताका कारण बैंकहरूबीच प्रतिस्पर्धा बढेको, बैंक तथा वित्तीय संस्थाको आधारदर घटेकोलगायत कारण ब्याजदरमा कमी आएको बैंकरहरू बताउँछन् ।

गत कात्तिकमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋणको भारित औसत ब्याजदर ९.५२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २५५ प्रतिशत विन्दुले कम हो । २०७६ कात्तिकमा कर्जाको भारित औसत ब्याजदर १२.०७ प्रतिशत थियो । एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको औसत आधार दरमा झण्डै २ प्रतिशत विन्दुले कमी आएको छ । २०७६ कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधारदर ९.५० प्रतिशत रहेकामा गत कात्तिकमा ७.५७ प्रतिशत कायम भएको छ ।

बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर अझै घट्ने प्रक्षेपण गरिएको छ । लगानीका अन्य क्षेत्रमा लगानीको वातावरण बनिनसकेकोलगायत कारण पनि कर्जाको ब्याजदर अझै घट्ने जानकारहरू बताउँछन् । ‘मंसिरमा बैंकहरूको निक्षेप धेरैले घटेको छ, यसले आधार दर पनि घट्छ,’ एक बैंकरले भने, ‘त्यसपछि स्वतः कर्जाको ब्याजदर पनि घट्नुपर्छ ।’

advertisement

राष्ट्र बैंकको तथ्यांकअनुसार पनि गत शुक्रबारसम्म वित्तीय प्रणालीमा करिब २ खर्ब रुपैयाँ अधिक तरलता छ । जसमध्ये अल्पकालका लागि विभिन्न औजारमार्फत करिब ९० अर्ब रुपैयाँ राष्ट्र बैंकले बजारबाट तानेको छ । साथै १ खर्ब १२ अर्ब रुपैयाँ वित्तीय प्रणालीमा अधिक तरलताका रूपमा छ । राष्ट्र बैंकले छोटो समयका लागि बजारबाट पैसा तानेकाले त्यसको परिपक्वको अवधि सकिएपछि फेरि प्रणालीमै फर्किनेछ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?