advertisement

सरकारले प्राधिकरणको अवधि एक वर्ष थप गरेको छ । यस अवधिमध्ये आगामी असारसम्ममा निजी आवासका सबै काम सम्पन्न गर्ने योजना प्राधिकरणको छ । अन्य क्षेत्रका बाँकी काम त्यसपछि सम्बन्धित निकायलाई स्रेस्तासहित हस्तान्तरण गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्रमा छ ।

" /> भूकम्पपछि पुनर्निर्माणका पाँच वर्ष : तीन खर्बभन्दा बढीको भौतिक संरचना - Sarbocha Media

भूकम्पपछि पुनर्निर्माणका पाँच वर्ष : तीन खर्बभन्दा बढीको भौतिक संरचना

`

     २०७७ पौष ११ गते १:०५

काठमाडौं, ११ पुस  । भूकम्पपछि पुनर्निर्माणको पाँच वर्षमा तीन खर्ब ३९ अर्ब रुपियाँ लागतमा भौतिक संरचना बनेको छ । पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्र्थापना योजनाका लागि कुल चार खर्ब ८८ अर्ब रुपियाँ बजेट आवश्यकता हुने आकलन गरिएको थियो ।

हालसम्म खर्च भएको रकमबाट भूकम्पपछिको निजी आवास निर्माण, शिक्षण संस्था, स्वास्थ्य संस्था, सम्पदा, सरकारी तथा सुरक्षा निकायका भवन, सडक तथा खानेपानीका स्रोतको नवनिर्माण तथा पुनर्निर्माणमा समग्र ९० प्रतिशत प्रगति हासिल भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ  ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको पाँच वर्ष पुगेको अवसरमा शुक्रबार काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पुनर्निर्माणको विस्तृत जानकारी दिइएको थियो । प्राधिकरणका अनुसार भूकम्पपछि सरकारले आयोजना गरेको दाता सम्मेलनमा विभिन्न मित्रराष्ट्र एवं द्विपक्षीय तथा बहुपक्षीय दातृनिकायले करिब चार खर्ब १० अर्ब रुपियाँको प्रतिबद्धता व्यक्त गरेका थिए । तीमध्ये ६७ अर्ब रुपियाँ राहत, उद्धार र अन्य कार्यक्रममा खर्च भएको विवरण प्राधिकरणले सार्वजनिक गरेको छ ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीका अनुसार २३८ अर्ब रुपियाँका लागि सम्झौता भई स्रोत सुनिश्चित भइसकेको छ । यसबाहेक विभिन्न गैरसरकारी संस्थाबाट करिब ९० अर्ब रुपियाँ परिचालन गर्न सम्झौता भएकोमा ७२ अर्ब रुपियाँ पाँच वर्षको अवधिमा परिचालन भइसकेको छ ।

advertisement

सरकारले प्राधिकरणको अवधि एक वर्ष थप गरेको छ । यस अवधिमध्ये आगामी असारसम्ममा निजी आवासका सबै काम सम्पन्न गर्ने योजना प्राधिकरणको छ । अन्य क्षेत्रका बाँकी काम त्यसपछि सम्बन्धित निकायलाई स्रेस्तासहित हस्तान्तरण गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?