advertisement

यात्रुको माग÷गुनासो सुनेर सोअनुसार आफूहरूलाई कम्पनीले कारबाही गर्ने गरेको गुनासो उनीहरूको छ । कम्पनीको नियमअनुसार चालकको अनुरोध स्वीकार गरिसकेपछि बीचैमा स्थगित गर्न मिल्दैन । यसले चालकलाई अप्ठ्यारोमा पारेको तर्क पठाओ चालक दावा तामाङले बताए । उनले भने, ‘हामीले कम्पनीलाई मागपत्र बुझाएका छौं, माग सम्बोधन नभए संयुक्त रूपमा राइड नै बन्द गर्छौं ।’ यो खबर आजको आर्थिक अभियन दैनिकमा छ ।

" /> पठाओ चालकले बुझाए ११ बुँदे मागपत्र, माग पूरा नभए राइड बन्द गर्ने चेतावनी - Sarbocha Media

पठाओ चालकले बुझाए ११ बुँदे मागपत्र, माग पूरा नभए राइड बन्द गर्ने चेतावनी

`

     २०७७ पौष ०८ गते २:०९

काठमाडौं, ८ पुष । पठाओ चालकहरूले आपूmहरूबाट लिइँदै आएको कमिशन घटाउनुपर्ने सहितका ११ बुँदे माग राइड शेयरिङ कम्पनी पठाओलाई बुझाएका छन् । उनीहरूले आफ्ना माग पूरा नभए राइड नै बन्द गर्ने चेतावनी कम्पनीलाई दिएका छन् ।

सोमवार ७५ जना चालकले कम्पनीमा संयुक्त मागपत्र बुझाएका हुन् । हाल कम्पनीले चालकबाट प्रतियात्रु २० प्रतिशत कमिशन लिने गरेको छ । उक्त कमिशन ८ प्रतिशत वा सोभन्दा कम गर्नुपर्ने माग उनीहरूको छ ।

यस्तै, अनिवार्य रूपमा चालकको बीमा गर्नुपर्ने, निलम्बन गर्नुपूर्व जानकारी गराउनुपर्ने, आफूहरूको गुनासो सुन्नुपर्ने, यात्रुको अनुरोध अस्वीकार गर्न पाउनुपर्ने लगायत माग राखेका छन् ।

advertisement

यात्रुको माग÷गुनासो सुनेर सोअनुसार आफूहरूलाई कम्पनीले कारबाही गर्ने गरेको गुनासो उनीहरूको छ । कम्पनीको नियमअनुसार चालकको अनुरोध स्वीकार गरिसकेपछि बीचैमा स्थगित गर्न मिल्दैन । यसले चालकलाई अप्ठ्यारोमा पारेको तर्क पठाओ चालक दावा तामाङले बताए । उनले भने, ‘हामीले कम्पनीलाई मागपत्र बुझाएका छौं, माग सम्बोधन नभए संयुक्त रूपमा राइड नै बन्द गर्छौं ।’ यो खबर आजको आर्थिक अभियन दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?