advertisement

बाँकी साढे दुई किलोमिटर क्षेत्रमा मात्र सडक निर्माण पूरा भएको छैन । नेरघाट, पम्पडे र सलिसल्लाको चट्टानी भागको साढे दुई किलोमिटर भाग मात्र बाँकी रहेको सेनाको निर्माण दलले जनाएको छ । सो क्षेत्रमा पनि काम भइरहेको छ । यो खबर आजको गोरखापत्रमा छ ।

" /> कर्णाली करिडोर स् हुम्ला सडकखण्ड चैतभित्र तयार हुँदै - Sarbocha Media

कर्णाली करिडोर स् हुम्ला सडकखण्ड चैतभित्र तयार हुँदै

`

     २०७७ पौष ०६ गते १:०७

सिमकोट, ६ पुस । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको हुम्ला सडकखण्डमा चैतसम्ममा सवारी साधन सञ्चालन हुने भएको छ । नेपाली सेनाले जिम्मा लिएको सो खण्डको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

मेसिन र कामदारबाट सडक निर्माण भइरहेकाले आउँदो चैतसम्ममा यो सडकखण्डमा सवारी साधन सञ्चालन हुने नेपाली सेनाको सडक निर्माण दलका आयोजना प्रमुख मिलन कार्कीले बताउनुभयो । सेनाले निर्माण गरिरहेको बाजुरा र हुम्लाको सीमा कवाडीदेखि सर्केगाड र चँखेली गाउँपालिकाको सीमा सलिसल्लासम्म चैतसम्ममा सवारी साधन चलाउनयोग्य बनाउने उहाँले जानकारी दिनुभयो ।

कवाडीदेखि सलिसल्लासम्मको ३९ किलोमिटर सडकमध्ये ताँजाकोट गाउँपालिकाको कवाडीदेखि सर्केगाड गाउँपालिका–१, बालुकुनासम्मको २७ किलोमिटर सडक सवारी साधन चलाउन सकिने भएको छ । सवारी साधन सञ्चालन गर्न सिफारिससमेत भइसकेको छ । बालुकुनादेखि सर्केगाड–१, खच्चासम्मको साढे नौ किलोमिटर सडकमा सामान ढुवानी गर्ने र सेनाको गाडी चलिरहेका छन् ।

advertisement

बाँकी साढे दुई किलोमिटर क्षेत्रमा मात्र सडक निर्माण पूरा भएको छैन । नेरघाट, पम्पडे र सलिसल्लाको चट्टानी भागको साढे दुई किलोमिटर भाग मात्र बाँकी रहेको सेनाको निर्माण दलले जनाएको छ । सो क्षेत्रमा पनि काम भइरहेको छ । यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?