advertisement

‘प्रदेश २ र वाग्मतीमा खोपसम्बन्धी विश्वव्यापी सञ्जाल (गाभी) ले उपलब्ध गराउने ३ प्रतिशत खोप राख्ने ठाउँ पनि छैन,’ विभाग स्रोतले भन्यो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

" /> कोभिड खोप भण्डारण स्थलकै अभाव - Sarbocha Media

कोभिड खोप भण्डारण स्थलकै अभाव

`

     २०७७ पौष ०२ गते २:१३

काठमाडौं, २ पुस । कोभाक्समार्फत सहयोगमा प्राप्त हुने पहिलो चरणको कोरोनाविरुद्धको खोप भण्डारण गर्ने चिस्यानयुक्त ठाउँसमेत अपुग हुने देखिएको छ । २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न केन्द्र र प्रदेशमा चिस्यानयुक्त भण्डार रहे पनि नियमित खोप राखिएकाले कोभिड खोप राख्न ठाउँको अभाव हुने भएको हो ।

काठमाडौंमा रहेको चिस्यानयुक्त केन्द्रीय भण्डारणमा समेत नियमित खोप राख्ने ठाउँ मात्रै छ । अहिलेको संरचनाअनुसार चिस्यानसहितको भण्डारणस्थलको समस्या सबैभन्दा बढी वाग्मती र प्रदेश २ मा पर्ने देखिएको छ ।

चिस्यान भण्डार बढाउन स्वास्थ्य सेवा विभागले गत वर्ष कात्तिकमा टेकुस्थित विभाग परिसरमा ७० देखि ८० हजार लिटर क्षमताको आधुनिक केन्द्रीय भ्याक्सिन स्टोर बनाउन टेन्डर गरे पनि अझै निर्माण सुरु भएको छैन ।

advertisement

‘प्रदेश २ र वाग्मतीमा खोपसम्बन्धी विश्वव्यापी सञ्जाल (गाभी) ले उपलब्ध गराउने ३ प्रतिशत खोप राख्ने ठाउँ पनि छैन,’ विभाग स्रोतले भन्यो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?