advertisement

प्रमुख प्रतिपक्षी दलका हैसियतमा संसद्मा पनि खरो उत्रिन नसकेको आरोप कांग्रेसमाथि लागेको थियो । सरकारले आफूखुसी संसद् अधिवेशन अन्त्य गर्दा पनि विज्ञप्ति निकालेर विरोध जनाउने औपचारिकताबाहेक कांग्रेसले केही गरेको थिएन । संसद् अधिवेशन अन्त्य भएको पाँच महिनासम्म कांग्रेसको उपस्थिति विज्ञप्तिमा मात्र देखिन्थ्यो, सडकमा कतै देखिएन । सोमबार भने देशैभर सडक तताएको छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> तीन वर्षपछि ब्युँझियो प्रमुख प्रतिपक्ष - Sarbocha Media

तीन वर्षपछि ब्युँझियो प्रमुख प्रतिपक्ष

`

     २०७७ मंसिर ३० गते १२:४४

काठमाडौं, ३० मंसिर । ०७४ सालको निर्वाचनपछि प्रतिपक्षी बेन्चमा पुगेको कांग्रेसले निरन्तर खेप्दै आएको आरोप हो– प्रतिपक्षी दल निदायो, सरकारलाई खबरदारी गर्न सकेन । तीन वर्षदेखि खेप्दै आएको आरोप चिर्दै कांग्रेसले सोमबार ७७ वटै जिल्लामा बृहत् प्रदर्शन गरेको छ । सभालाई सम्बोधन गर्दै नेताहरू आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

तीन वर्षयता दुईपटक मात्रै कांग्रेस सडकमा देखिएको थियो । यसअघि १५ साउन ०७४ मा सरकारले जारी गरेको चिकित्सा शिक्षा विधेयकविरुद्ध र डा. गोविन्द केसीको समर्थन गर्दै ७७ वटै जिल्लामा कांग्रेसले विरोध प्रदर्शन गरेको थियो । त्यस्तै, पार्टीको एकमहिने जागरण अभियानका क्रममा २५ वैशाख ०७६ मा ७७ वटै जिल्लामा प्रदर्शन गरेको थियो ।

advertisement

प्रमुख प्रतिपक्षी दलका हैसियतमा संसद्मा पनि खरो उत्रिन नसकेको आरोप कांग्रेसमाथि लागेको थियो । सरकारले आफूखुसी संसद् अधिवेशन अन्त्य गर्दा पनि विज्ञप्ति निकालेर विरोध जनाउने औपचारिकताबाहेक कांग्रेसले केही गरेको थिएन । संसद् अधिवेशन अन्त्य भएको पाँच महिनासम्म कांग्रेसको उपस्थिति विज्ञप्तिमा मात्र देखिन्थ्यो, सडकमा कतै देखिएन । सोमबार भने देशैभर सडक तताएको छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?