advertisement

एआरटी सेवनका कारण आफूलाई निकै सहज भएको डोटीका सङ्क्रमित बताउँछन् । आर्थिक वर्ष २०७३/७४ मा ४०, २०७४/७५ मा ३५ र २०७५/७६ मा २९ जना एचआइभी सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताउनुभयो ।

" /> एचआइभी सङ्क्रमित ७९९ ले सेवन गर्दै एआरटी - Sarbocha Media

एचआइभी सङ्क्रमित ७९९ ले सेवन गर्दै एआरटी

`

     २०७७ मंसिर २८ गते २:५३

डोटी, २८ मङ्सिर । जिल्लामा ७९९ एचआइभी सङ्क्रमितले नियमितरूपमा एआरटी औषधि सेवन गर्न थालेका छन् ।

हालसम्म जिल्लामा कूल ९९४ सङ्क्रमित देखिएकामा अहिले नियमितरूपमा ७९९ जनाले एआरटी सेवन गरिरहेको पाइएको छ । जिल्लामा विगतका वर्षहरुमा एचआइभी सङ्क्रमित आफू सङ्क्रमित भए पनि रोग लुकाएर बस्ने गरेकामा अहिले भने खुल्न थालेको बताइएको छ ।

डोटीमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बर्सेनि घट्न थालेको पाइएको छ । पछिल्लो चार वर्षको तथ्याङ्क हेर्ने हो भने डोटीमा सङ्क्रमित घट्न थालेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरेको अध्ययनअनुसार डोटीमा पत्ता लागेका एचआइभी सङ्क्रमितमा कामका लागि भारत गएर फर्केका र उनीहरुका कारण घरमा श्रीमतीमा पनि एचआइभी देखिने गरेको पाइएको छ ।

advertisement

एआरटी सेवनका कारण आफूलाई निकै सहज भएको डोटीका सङ्क्रमित बताउँछन् । आर्थिक वर्ष २०७३/७४ मा ४०, २०७४/७५ मा ३५ र २०७५/७६ मा २९ जना एचआइभी सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?