कैलाली, २५ मंसिर। कैलालीको धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका २ का ६५ वर्षीय पुरुष रहेको छ। मंसिर १८ गते उनमा कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थिए ।

उपचारकै क्रममा हिजो राती ९ः१० मा सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनमा कडा खालको निमोनिया थियो । शवको ब्यबस्थापन भवानी दल गण तेघरीले गर्ने जानकारी अधिकारी श्रेष्ठले दिए ।




