advertisement

सोही मुद्दामा उच्च अदालतले बुधबारका लागि पेसी तोकेको थियो, जिल्ला अदालतबाट मिसिल मगाइएको थियो । तर, त्यसको टुंगो नलाग्दै जिल्ला अदालतले कानुनी प्रक्रियासमेत मिचेर फैसला दिएको छ । यसबारे प्रश्न उठ्न थालेको छ ।

" /> सर्वोच्चले थुनामै राखेर मुद्दा चलाउन आदेश दिएको १०औँ दिनमा ‘सिद्धबाबा’लाई जिल्ला अदालतले सफाइ दिएपछि... - Sarbocha Media

सर्वोच्चले थुनामै राखेर मुद्दा चलाउन आदेश दिएको १०औँ दिनमा ‘सिद्धबाबा’लाई जिल्ला अदालतले सफाइ दिएपछि…

`

     २०७७ मंसिर २४ गते १२:३४

काठमाडौं, २४ मंसिर । अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीले सफाई पाएका छन् ।

जिल्ला अदालत सुनसरीले गिरीलाई थुनामै राख्न आदेश दिएको १० दिनमै सफाइ दिएको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका उनलाई न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले कानूनी प्रक्रियासमेत मिचेर सोमबार हतारमा फैसला गरेको जनाइएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले सोमबारको पेसी सार्न माग गर्दै दिएको निवेदनको बेवास्ता गर्दै आरोपित पक्षको मात्र बयान सुनेर फैसला गरियो ।

advertisement

सोही मुद्दामा उच्च अदालतले बुधबारका लागि पेसी तोकेको थियो, जिल्ला अदालतबाट मिसिल मगाइएको थियो । तर, त्यसको टुंगो नलाग्दै जिल्ला अदालतले कानुनी प्रक्रियासमेत मिचेर फैसला दिएको छ । यसबारे प्रश्न उठ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?