advertisement

परीक्षा अनिश्चित बनेपछि पुनः माल्दिभ्स फर्कनुभएको छ । कहिले प्रवेश परीक्षा हुन्छ र परीक्षा दिन पाइएला भन्ने चिन्ताले पिरोलिरहेको उहाँ बताउनुहुन्छ । परीक्षा दिइहाल्न पाए ढुक्क हुने थिएँ, डा. बन्जाडेले भन्नुभयो, “परीक्षा अनिश्चित र अन्योल हुँदा भइरहेको काममा असर पुगेको छ । यो खबर आजको गोरखापत्रमा छ ।

" /> चिकित्सा शास्त्र प्रवेश परीक्षा नहुँदा अन्योल - Sarbocha Media

चिकित्सा शास्त्र प्रवेश परीक्षा नहुँदा अन्योल

`

     २०७७ मंसिर २० गते १:०६

काठमाडौं, २० मंसिर । चिकित्सा शास्त्र स्नातकोत्तर तहमा प्रवेश परीक्षा नहुँदा अध्ययन गर्न तयारी अवस्थामा रहेका आठ हजार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अन्योलमा परेका छन् । प्रवेश परीक्षा समयमा हुन नसक्दा कहिले स्नातकोत्तर तहमा अध्ययन गर्ने भन्ने अन्योल देखिएको हो । गत जेठ महिनामा हुनुपर्ने स्नातकोत्तर तहको प्रवेश परीक्षा हालसम्म नहुँदा शैक्षिक सत्र प्रभावित हुने स्थिति आएको छ ।

चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले गत जेठ महिनामा चिकित्सा शास्त्र स्नातकोत्तर तहका गत जेठमा हुने परीक्षा कोभिड–१९ का कारण रोकिन पुगेको जानकारी दिनुभयो । उहाँले कोभिडका कारण रोकिएको परीक्षा चिकित्सा शिक्षा आयोगले गत असोज २७, २८ र २९ गते तय गरेको भन्दै विभिन्न चार विषयमा मुद्दा परेपछि अहिले रोकिन पुगेको जानकारी दिनुभयो । ‘‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ’’, डा। गिरीले थप्नुभयो, “समयमा चिकित्सा शास्त्र तर्फका स्नातकोत्तर तहको प्रवेश परीक्षा हुन नपाउँदा शैक्षिक सत्रमा असर परेको छ ।”

स्नातकोत्तर तहको अध्ययन गर्न डा. प्रकाश बन्जाडेले पनि परीक्षा फाराम भर्नुभएको थियो । डा. बन्जाडे यतिखेर माल्दिभ्समा कार्यरत हुनुहुन्छ । उहाँ स्नातकोत्तर तह अध्ययन गर्न फाराम भर्न बन्दाबन्दीको अवस्थामा आउनुभएको थियो । चिकित्सा शिक्षा आयोगले असोज अन्तिममा परीक्षा तोकेपछि परीक्षा दिने तयारीका साथ नेपाल आउनुभयो ।

advertisement

परीक्षा अनिश्चित बनेपछि पुनः माल्दिभ्स फर्कनुभएको छ । कहिले प्रवेश परीक्षा हुन्छ र परीक्षा दिन पाइएला भन्ने चिन्ताले पिरोलिरहेको उहाँ बताउनुहुन्छ । परीक्षा दिइहाल्न पाए ढुक्क हुने थिएँ, डा. बन्जाडेले भन्नुभयो, “परीक्षा अनिश्चित र अन्योल हुँदा भइरहेको काममा असर पुगेको छ । यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?