advertisement

‘खासमा पाथीभरामा केबलकार सञ्चालन गर्न यती समूहले सरकारी जग्गा लिन खोजेको थियो, त्यो निर्णय गराउन उनलाई सञ्चालक समितिमा नियुक्त गरिएको हो,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारी भन्छन्, ‘पाभीभराको जग्गा यतीलाई दिने निर्णय भएको छ, त्यसबापत पौडेलले पनि सेयर पाएका छन् । अब यती र हिमालय एयरको पक्षमा भूमिका खेल्न उनलाई नेपाल एयरको सञ्चालक समितिमा नियुक्त गरिएको हो ।’ यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> राष्ट्रिय ध्वजाबाहकमाथि ज्यादती : निगम बोर्डमा अर्का सदस्य पनि यती समूहकै - Sarbocha Media

राष्ट्रिय ध्वजाबाहकमाथि ज्यादती : निगम बोर्डमा अर्का सदस्य पनि यती समूहकै

`

     २०७७ मंसिर २० गते १२:४०

काठमाडौं, २० मंसिर । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा यती एयरलाइन्सका प्रतिनिधिको प्रभाव झन्झनै बढेको छ । आन्तरिक रूपमा यती तथा तारा एयर तथा अन्तर्राष्ट्रिय रूपमा हिमालय एयरलाइन्समार्फत निगमलाई थला पार्ने कोसिस भइरहेको छ, त्यसैले निगमको बोर्डमा धमाधम यतीका प्रतिनिधि नियुक्त भइरहेका छन् ।

गत असारमा यती समूहको स्वार्थअनुसार अल्टिच्युड एयरका अध्यक्ष फुरगेल्जे शेर्पालाई नियुक्त गरिएको थियो । अहिले यतीकै प्रतिनिधि ईश्वरी पौडेललाई नियुक्त गरिएको छ । पौडेल उनै व्यक्ति हुन् जसले पाथीभराको ३१७ रोपनी सरकारी जग्गा ८० वर्षका लागि यतीलाई जिम्मा लगाउने निर्णय गरेका थिए ।

यती समूहकै लगानी रहेको अल्टिच्युड एयरका अध्यक्ष शेर्पालाई गत असार १५ मा निगमको सञ्चालक समितिमा नियुक्त गरिएको थियो । विरोधपछि उनी अल्टिच्युड एयरबाट अलग भएका थिए । तर, चार महिनापछि पौडेललाई नियुक्त गरिएको छ । कैलाश हेलिकोप्टर कम्पनीमा समेत रहेका उनी यती समूहकै लगानीमा पाथीभरामा निर्माण गर्न लागिएको केबलकारमा सेयर सदस्य छन् ।

पौडेल यती समूहकै लबिङमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिमा समेत रहेका थिए । उनलाई तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाले सञ्चालक समितिमा नियुक्त गरेका थिए । वर्तमान सरकार बनेपछि उनलाई पाथीभरा विकास समितिको सदस्यमा नियुक्त गरिएको थियो ।

advertisement

‘खासमा पाथीभरामा केबलकार सञ्चालन गर्न यती समूहले सरकारी जग्गा लिन खोजेको थियो, त्यो निर्णय गराउन उनलाई सञ्चालक समितिमा नियुक्त गरिएको हो,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारी भन्छन्, ‘पाभीभराको जग्गा यतीलाई दिने निर्णय भएको छ, त्यसबापत पौडेलले पनि सेयर पाएका छन् । अब यती र हिमालय एयरको पक्षमा भूमिका खेल्न उनलाई नेपाल एयरको सञ्चालक समितिमा नियुक्त गरिएको हो ।’ यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?