गुल्मी, १९ मंसिर। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ७ वामीटक्सार बजारका २६ वर्षीय धिरज कार्कीको करेन्ट लागेर मृत्यु भएको छ । गएराती धिरज कार्कीको आफ्नै पसलमा विद्युतको तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो ।

उनको लुम्बिनी अस्पताल वामीटक्सारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए ।




