advertisement

पुल छोटो र खोला फराकिलो भएकाले सञ्चालनमा आउन सकेको छैन । खोलाको चौडाइ चार सय मिटर छ जब कि पुल बन्यो दुई सय पाँच मिटरको मात्र । खोलाको बीचमा पुल उभिएको छ, चढ्न सम्भव छैन । ओली प्रधानमन्त्री भएको तीन वर्ष भए पनि ठेकेदारमाथि कुनै कारबाही भएको छैन । बरु, जनताले दैनिक सास्ती भोगिरहनुपरेको छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> उद्घाटनको प्रतीक्षामा : प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि अलपत्र पुल - Sarbocha Media

उद्घाटनको प्रतीक्षामा : प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि अलपत्र पुल

`

     २०७७ मंसिर १९ गते १२:३५

तनहुँ, १९ मंसिर । तनहुँमा बनेको स्थानीय पुल उद्घाटन गर्न सरकारले निषेधाज्ञा मात्र जारी गरेन, प्रमुख प्रतिपक्षी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुव्र्यवहार गर्दै प्रहरी नियन्त्रणमा पनि लियो । स्थानीय पुलको उद्घाटनका लागि प्रतिपक्षीलाई निषेध गर्ने सरकारका प्रधानमन्त्री केपी ओलीको आफ्नै जिल्लामा र आफ्नै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि पुल अलपत्र छन् ।

पूर्व–पश्चिम हुलाकी राजमार्गको ४८ किलोमिटर खण्ड झापामा पर्छ जहाँ आठ पुल अलपत्र छन् । यी पुल निर्माण सुरु भएको एक दशक नाघिसकेको छ । जसका कारण जनता बर्खामा डुंगा र हिउँदमा बाँसको पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । डुंगामा यात्रा गरेबापत दुई सय रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ, हिउँदमा पनि काठको पुल तर्दा जनताबाट रकम उठाउने गरिएको छ ।

हुलाकी राजमार्गमा पर्ने माई, रतुवा र बिरिङजस्ता ठूला नदीमा बाँसको पुल छ । जहाँ जनताले हिँडेरै पुल तरेको मात्र २० रुपैयाँ तिर्छन् । साइकलको ३० रुपैयाँ रेट छ भने मोटरसाइकलको ५० रुपैयाँ ।

ओलीकै निर्वाचन क्षेत्रअन्तर्गत गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल १३ वर्षदेखि अलपत्र छ । मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष ०६४/६५ मा कालिका–ओसिए जेभीलाई निर्माण ठेक्का दिएको थियो । भ्याटसहित १० करोड ३२ लाख ९१ हजारमा ठेक्का पाएको निर्माण कम्पनीले ढुकुटीबाट पैसा लिए पनि अधुरो पुल बनाएर हिँडेको छ ।

advertisement

पुल छोटो र खोला फराकिलो भएकाले सञ्चालनमा आउन सकेको छैन । खोलाको चौडाइ चार सय मिटर छ जब कि पुल बन्यो दुई सय पाँच मिटरको मात्र । खोलाको बीचमा पुल उभिएको छ, चढ्न सम्भव छैन । ओली प्रधानमन्त्री भएको तीन वर्ष भए पनि ठेकेदारमाथि कुनै कारबाही भएको छैन । बरु, जनताले दैनिक सास्ती भोगिरहनुपरेको छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?