advertisement

पूर्वरक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता भीमसेनदास प्रधान प्रधानमन्त्रीले नै आफ्नै पार्टी कार्यालयमा ‘सुरक्षा जोखिम’ छ भन्नु गैरजिम्मेवार टिप्पणी भएको बताए । ‘अहिले नेकपाकै सरकार छ, देशको सुरक्षाको जिम्मा उहाँहरूको हातमा छ, तर पार्टी कार्यालयमा सुरक्षा जोखिम छ भनेर के सन्देश दिन खोज्नुभएको हो रु’ उनले भने, ‘यो त निम्नस्तरको राजनीति भयो । यसले त देशकै विषयमा एकदमै नकारात्मक सन्देश प्रवाह भएको छ । यो एकदमै गैरजिम्मेवारपूर्ण भनाइ हो ।’यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> प्रधानमन्त्रीकै पार्टी मुख्यालय असुरक्षित, देश कति सुरक्षित ? - Sarbocha Media

प्रधानमन्त्रीकै पार्टी मुख्यालय असुरक्षित, देश कति सुरक्षित ?

`

     २०७७ मंसिर १८ गते १२:३६

काठमाडौं, १८ मंसिर । लामो समयपछि पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार बस्ने भनिएको नेकपा सचिवालय बैठक पनि अन्तिम समयमा बालुवाटार सारियो । शनिबार बसेको सचिवालय बैठकले धुम्बाराहीमै बैठक गर्ने निर्णय गरे पनि ‘सुरक्षा जोखिम’का कारण प्रधानमन्त्री पार्टी कार्यालय जान नमानेको नेताहरूको भनाइ छ । तर, सत्तारुढ दलको केन्द्रीय कार्यालय नै सुरक्षित छैन भने प्रधानमन्त्री केपी ओलीले कस्तो देश चलाइरहेका छन् ? विपक्षी मात्र होइन, सत्तारुढ दलकै नेताले पनि गम्भीर प्रश्न उठाएका छन् ।

सत्तारुढ दलको केन्द्रीय कार्यालय नै सुरक्षित नरहेको खबरले देशको समग्र सुरक्षा अवस्था राम्रो नभएको सन्देश गएको राजनीतिक दलका नेताहरूले टिप्पणी गरेका छन् । केही ‘सुरक्षा थ्रेट’को विषय उठाएर देशको प्रतिष्ठामाथि खेलबाड गरिएको बताउँछन् भने केहीचाहिँ प्रधानमन्त्री निवासबाटै यो खबर आएकोले हलुका ढंगले टिप्पणी गर्न नहुने बताउँछन् ।

advertisement

पूर्वरक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता भीमसेनदास प्रधान प्रधानमन्त्रीले नै आफ्नै पार्टी कार्यालयमा ‘सुरक्षा जोखिम’ छ भन्नु गैरजिम्मेवार टिप्पणी भएको बताए । ‘अहिले नेकपाकै सरकार छ, देशको सुरक्षाको जिम्मा उहाँहरूको हातमा छ, तर पार्टी कार्यालयमा सुरक्षा जोखिम छ भनेर के सन्देश दिन खोज्नुभएको हो रु’ उनले भने, ‘यो त निम्नस्तरको राजनीति भयो । यसले त देशकै विषयमा एकदमै नकारात्मक सन्देश प्रवाह भएको छ । यो एकदमै गैरजिम्मेवारपूर्ण भनाइ हो ।’यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?