advertisement

मिर्गौला रोगीका लागि अत्यावश्यक उपचार भनेको प्रत्यारोपण र नियमित डायलासिस नै हो। आर्थिक स्रोत नहुनेलाई मिर्गौला प्रत्यारोपण निकै महँगो पर्न जान्छ। अर्कोतिर प्रत्यारोपण गराउन पनि सहज नहुँदा नियमित डायलासिसको विकल्प देखिँदैन। यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।

" /> मृत्युपछि डायलासिस पालो - Sarbocha Media

मृत्युपछि डायलासिस पालो

`

     २०७७ मंसिर १६ गते १:४७

झापा, १६ मंसिर । इलाम रोङ गाउँपालिकाका मौसम लिम्बूले आफ्नो डायलासिस गर्न आठ महिना कुर्नुपर्‍यो। डायलासिस गरिरहेका अर्का बिरामीको १५ दिनअघि मृत्यु भएपछि लिम्बूको पालो आएको हो। ‘धन्न पालो आयो। अलिक दिन भए पनि बाँच्ने भएँ’, उनी भन्छन्।

काठमाडौं जाने खर्च नभएकाले मेची प्रादेशिक अस्पतालमा निःशुल्क उपचार पाउने आसमा अस्पतालकै छेउमा आएर बसेको लिम्बूकी पत्नी धना लिम्बू सुनाउँछिन्। उनीहरू डायलासिस गर्नकै लागि अस्पतालनजिकै कोठा भाडामा लिएर बसेका छन्।

लिम्बू दम्पती मात्र होइन, निःशुल्क डायलासिस गर्न पालो पर्खिने मिर्गौला बिरामी ८० जना छन्। झापा जिल्लाभरिका सरकारी र निजी अस्पताल गरेर दैनिक ६० देखि ६५ जनाले मात्रै डायलासिस सेवा पाउँदै आएका छन्।

advertisement

मिर्गौला रोगीका लागि अत्यावश्यक उपचार भनेको प्रत्यारोपण र नियमित डायलासिस नै हो। आर्थिक स्रोत नहुनेलाई मिर्गौला प्रत्यारोपण निकै महँगो पर्न जान्छ। अर्कोतिर प्रत्यारोपण गराउन पनि सहज नहुँदा नियमित डायलासिसको विकल्प देखिँदैन। यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?