काठमाडौं, ११ मंसिर । स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त भएको छ । विभिन्न २१ जिल्लाका स्थानीय तहमा पद रिक्त भएको हो ।
धेरै स्थानको पद पदाधिकारीको मृत्युका कारण रिक्त भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। यसका अलावा डिभी परेर अमेरिका पुगेका कारण र वैदेशिक रोजगारीका लागि विदेश गएका कारण पनि पदाधिकारीको पद खाली भएको जनाइएको छ।
गत कात्तिक १७ गते संघीय मामिला मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समितिलाई पत्राचार गरेर स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको नाम र स्थान पठाउन भनेको थियो ।

मन्त्रालयका अनुसार हालसम्म ६१ जिल्लाबाट मात्र विवरण प्राप्त भएको मध्य २१ जिल्लाका बिभिन्न स्थानीय तहमा ३१ जना पदाधिकारी रिक्त रहेको छ ।




