advertisement

पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका उनी विसं २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

विसं २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्लासभापतिको जिम्मेवारी वहन गरेका थिए ।

" /> मिर्गौला रोगबाट पीडित पूर्वसांसद कार्कीको निधन - Sarbocha Media

मिर्गौला रोगबाट पीडित पूर्वसांसद कार्कीको निधन

`

     २०७६ माघ १२ गते ५:२९

काठमाडौं, १२ माघ । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको निधन ७६ वर्षको उमेरमा भएको छ ।

कार्कीको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको जनाइएको छ । उनले मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए ।

advertisement

पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका उनी विसं २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

विसं २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्लासभापतिको जिम्मेवारी वहन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?