advertisement

विधि र प्रक्रियाबाट अघि बढ्ने तयारी भएकाले पार्टीलाई झन् एकताबद्ध बनाउन सकिने सचिवालयका नेताहरूको भनाइ छ । ‘पार्टीको बैठकै नमान्ने, बैठकै आयोजना नगर्ने, बहुमतको कुरै नसुन्ने जुन अवस्था थियो, अब त्यो समाप्त भएर बैठकमा बस्ने, अरूका तर्क सुन्ने प्रक्रिया सुनिश्चित भएको छ,’ नेता खनालले नयाँ पत्रिकासँग भने, ‘अब जति पनि विषयवस्तु आएका छन्, ती सबै विषयवस्तुमा छलफल हुन्छ ।’ यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> सत्तारुढ नेकपाको विवाद इन्टरभलमा - Sarbocha Media

सत्तारुढ नेकपाको विवाद इन्टरभलमा

`

     २०७७ मंसिर ०४ गते १२:४१

काठमाडौं, ४ मंसिर । नेकपा विवाद नौ सदस्यीय सचिवालयबाट क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीमा प्रवेश गर्ने ढोका खुलेको छ । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह पार्टीको अन्तरविरोधलाई बेग्लाबेग्लै दस्ताबेजका रूपमा छलफल गर्न तयार भएपछि विवादको ‘फस्र्ट हाफ’ सकिएको छ । अध्यक्ष ओलीको प्रतिवेदनसहित नेताहरू १० दिनपछि ‘सेकेन्ड हाफ’मा भेट्ने भएका छन् ।

दुई अध्यक्षका भिन्दाभिन्दै राजनीतिक प्रतिवेदनमाथि सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल गराउने नेकपाको बुधबारको निर्णयले अब बहुमत–अल्पमतका आधारमा अघि बढ्ने बाटो खोलेको छ । यसअघि नेकपामा दुई अध्यक्ष विभाजित भई बहुमत–अल्पमतबाट कुनै निर्णय भएका छैनन् ।

‘प्रक्रियामा आउनु भनेको आफैँमा सकारात्मक हो । तर, विषयवस्तु वा अन्तर्वस्तु प्रस्तुत हुँदा कति मिलिन्छ, कति मिलिँदैन । मिल्यो भने सर्वसम्मत हुन्छ, मिलेन अल्पमत र बहुमतबाट निर्णय हुन्छ, त्यो पार्टी र पद्धति भनेको त्यही हो,’ वरिष्ठ नेता झलनाथ खनालले भने ।

नेकपा अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन अभियोगपत्र भएको भन्दै जवाफी प्रतिवेदन र चिठीको प्रतिउत्तरका लागि १० दिन समय माग गरेपछि सचिवालय बैठक १३ मंसिरमा बस्ने निर्णय भएको हो । त्यस्तै, १८ मंसिरमा स्थायी कमिटी र २५ मंसिरमा केन्द्रीय कमिटी बैठक गर्ने निर्णय पनि भएको छ ।

advertisement

विधि र प्रक्रियाबाट अघि बढ्ने तयारी भएकाले पार्टीलाई झन् एकताबद्ध बनाउन सकिने सचिवालयका नेताहरूको भनाइ छ । ‘पार्टीको बैठकै नमान्ने, बैठकै आयोजना नगर्ने, बहुमतको कुरै नसुन्ने जुन अवस्था थियो, अब त्यो समाप्त भएर बैठकमा बस्ने, अरूका तर्क सुन्ने प्रक्रिया सुनिश्चित भएको छ,’ नेता खनालले नयाँ पत्रिकासँग भने, ‘अब जति पनि विषयवस्तु आएका छन्, ती सबै विषयवस्तुमा छलफल हुन्छ ।’ यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?