advertisement

कात्तिक पहिलो सातायता प्रचण्ड समूहमा रहेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले लगातार छलफल गर्दै आएका छन् । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> नेकपाको विडम्बना : बैठक बसे विग्रह ! - Sarbocha Media

नेकपाको विडम्बना : बैठक बसे विग्रह !

`

     २०७७ कार्तिक २७ गते १:२०

काठमाडौं, २७ कात्तिक । पार्टी सचिवालय बैठक बोलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच पेचिलो धुव्रीकरण देखिएको छ । बैठक बस्ने–नबस्ने विषय अब ओली र प्रचण्ड–नेपाल समूहका लागि प्रतिष्ठाको विषय बनेको छ ।

प्रधानमन्त्री ओलीले बैठक बोलाउनुको साटो शृंखलाबद्ध र अर्थपूर्ण अभिव्यक्ति दिइरहेका छन् साथै पार्टीभित्र नयाँ समीकरण गर्ने उनको प्रयास पनि जारी छ । यता प्रचण्ड–नेपाल समूह बहुमतसहित र औपचारिक बैठकमा अगाडि बढ्ने गृहकार्यसहित ओलीमाथि दबाब बनाउने काममा जुटेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली बैठकमा सहभागी नभए पनि प्रचण्ड–नेपाल समूह बिहीबार डाकिएको बैठकलाई औपचारिक बनाउने तयारीमा छ । प्रधानमन्त्री ओली सहमतिका लागि तयार नभएको भन्दै सचिवालय बैठकबाट स्थायी कमिटी र त्यसपछि क्रमशः केन्द्रीय कमिटी बैठक बोलाएर अघि बढ्ने उनीहरूको रणनीति छ ।

तर, प्रधानमन्त्री ओलीले बहुमतको औपचारिक बैठक बसे कडा ‘स्टेप’ चाल्न सक्ने चेतावनी दिँदै आएकाले बैठक राखे पनि कुन–कुन एजेन्डामा कस्तो निर्णय गर्ने भन्ने विषयमा भने प्रचण्ड–नेपाल समूह अन्योलमा छ । प्रधानमन्त्री ओलीले एक–दुई दिनकै बीचमा महासचिव विष्णु पौडेललाई औपचारिक बैठक बोलाउन निर्देशन दिइसकेकाले पनि बेग्लै बैठकबाट अगाडि बढ्ने या सहमतिकै बैठकमा रणनीतिसहित प्रस्तुत हुने उनीहरूबीच अन्योल देखिएको हो ।

advertisement

कात्तिक पहिलो सातायता प्रचण्ड समूहमा रहेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले लगातार छलफल गर्दै आएका छन् । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?