दाङ, २६ कात्तिक। दाङमा बोक्सीको आरोप लगाउने तीन जना पक्राउ परेका छन् ।
बोक्सीको आरोपसंगै गालीगलौच र कुटपिट गर्ने तुलसीपुरमा १ र घोराहीमा २ जना प्रक्राउ परेको जनाइएको छ ।
कात्तिक १५ गते राति तुलसीपर उपमहानगरपालिका ५ का ३० वर्षीय महिलालाई बोक्सी भन्दै गाली गलौज गरेको आरोपमा सोही वडाका देवबहादुर परियारलाई प्रहरीले पक्राउ गरी कारर्बाही सुुरु गरेको जनाइएको छ ।

त्यस्तै, कात्तिक २१ गते घोराही उपमहानगरपालिका १६ का दुई जना महिलालाई बोक्सी लागेको भन्दै धामी झाक्रीको भेषमा काम्दै घरसम्म पुगि गालीगलौज गर्ने सोही वडाकी ४५ वर्षीय नौमती महरा र २८ वर्षीया दिपा बाँठालाई प्रहरीले पक्राउ गरी कारर्बाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङले बताएका छन् ।




