advertisement

डडेलधुराको नवदुर्गा गाउँपालिका–४ का करनसिंह बोहरा पनि गौरीफन्टा बोर्डरको लामो लाममा भेटिए। उनी जेठको महिना लकडाउनकै बीच घर फर्किएका हुन्। घरमा आमाबुवा, भाइबहिनी सबै छन्, म जेठो हो, घर खर्च नचलेपछि नजिकैको भाइटीका पनि छोडेर भारत हिँडेको,’ उनले भने। यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।

" /> मुग्लान जानेको लर्को - Sarbocha Media

मुग्लान जानेको लर्को

`

     २०७७ कार्तिक २२ गते ३:३३

धनगढी, २२ कात्तिक । कैलालीको टीकापुर नगरपालिका–९ झुंगाका सुरेश चौधरीका तीन बहिनी छन्। तर, नजिकै आइरहेको भाइटीका छोडेर उनी भारतको राजधानी दिल्लीतिर लागेका छन्।

कैलालीसँग सिमाना जोडिएको भारतको गौरीफन्टा बोर्डरमा लाइन लागेका सुरेश भन्छन् ‘परिवारसँग दसैं मनाउन पाइयो, भाइटीकाभन्दा भोक प्यारो भयो।’ उनले घरमा नुन तेलको पनि गर्जो नटरेपछि भारत हानिएको बताए। कोरोनाका कारण लकडाउन हुने हल्ला चलेकै बेला चैतको पहिलो हप्ता दिल्लीबाट घर फर्केका उनले, नेपालमा सामान्य मजदुरीसमेत नपाएको बताए।

‘पहिला पहिला निर्माण मजदुरको काम त पाइन्थ्यो, लकडाउनपछि धेरै युवाहरू घर फर्र्किए, पहिले दिनको पाउने पाँच सय ज्याला पनि अहिले युवाहरू बढी भएकाले चार सय भयो, त्यसैले भारत जानुको विकल्प देखिनँ,’ उनले थपे। उनीसहितका ८ जना युवाहरूको समूह भारत लागेको हो।

advertisement

डडेलधुराको नवदुर्गा गाउँपालिका–४ का करनसिंह बोहरा पनि गौरीफन्टा बोर्डरको लामो लाममा भेटिए। उनी जेठको महिना लकडाउनकै बीच घर फर्किएका हुन्। घरमा आमाबुवा, भाइबहिनी सबै छन्, म जेठो हो, घर खर्च नचलेपछि नजिकैको भाइटीका पनि छोडेर भारत हिँडेको,’ उनले भने। यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?