advertisement

बहिनीलाई निकै माया गर्नुहुन्थ्यो, पढ्नमा सघाउनुहुन्थ्यो र वास्तविक अभिभावक नै उहाँ हुनुहुन्थ्यो । हिरण्य दुई वर्ष नपुग्दै उहाँका बुबा आदर्श एक महिनाको रोगले बित्नुभयो । रोग निरूपण नभएकै दयनीय अवस्थामा । यो खबर आजको गोरखापत्रमा छ ।

" /> बिहेपछि मन पराउला ! - Sarbocha Media

बिहेपछि मन पराउला !

`

     २०७७ कार्तिक २२ गते ३:०९

काठमाडौं, २२ कात्तिक । वर्ष २४ कि हिरण्यकुमारी । पछिल्ला ११ वर्ष उपचारका क्रममा उहाँ आमा नमिताको साथ मेरो क्लिनिक आउनुहुन्छ । उहाँमा शल्यक्रिया गर्नुपर्ने रोग थियो । पूर्ण परीक्षण तथा तयारीपछि उहाँको देब्रे मिर्गौला र मूत्रबाहिनी बीचको साँगुरो भाग काट्ने, फुलेर तन्किएको बेलुनजस्तो लाग्ने खण्ड छोट्याएर ठिक्कको बनाउने कार्य कुनै झन्झटबिना सम्पन्न भयो ।

बिरामी र उहाँकी आमालाई पनि त्यो मिर्गौला करिब २५ प्रतिशत मात्र काम गर्छ भन्ने थाहा थियो तर मिर्गौला फाल्नु नपरेकोमा बिरामीका मान्छे र खुद म निकै खुसी थियौँ । यो रोग जन्मनुभन्दा पहिले भ्रुण अवस्थादेखि नै विकसित हुँदै आएको थियो तर मिर्गौला भने पूर्ण रूपमा प्राकृतिक अवस्थामा नै थियो ।

समय बित्दै गयो । १३ वर्षकी हिरण्य अध्ययन र खेलकुदमा निकै सक्रिय हनुहुन्थ्यो । यी दुवै गतिविधिमा उहाँको शरीरमा देखापरेको विकृति र त्यसको शल्य उपचारको खासै नराम्रो प्रभाव परेको थिएन । दिन प्रतिदिन उहाँ चन्द्रमा जस्तै फेरिँदै गइरहनुभएको थियो । घरायसी काममा आमालाई सघाउन कहिल्यै पनि पछि पर्नुहुन्नथ्यो ।

उहाँ परिवारकी एक्ली छोरी । उहाँका दाजु तेज पाँच वर्षले जेठो । पढ्नमा तेज । अभावको बालापन, घरको अलङ्काररहित सरल र निष्कपट वातावरण, बुबाआमा सधैँ काममा लगनशील, इमानदार, कर्तव्यनिष्ठ र अनुशासित भएकाले तेजमा यी सबै गुण थिए ।

advertisement

बहिनीलाई निकै माया गर्नुहुन्थ्यो, पढ्नमा सघाउनुहुन्थ्यो र वास्तविक अभिभावक नै उहाँ हुनुहुन्थ्यो । हिरण्य दुई वर्ष नपुग्दै उहाँका बुबा आदर्श एक महिनाको रोगले बित्नुभयो । रोग निरूपण नभएकै दयनीय अवस्थामा । यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?