advertisement

‘नेकपा अब फुटिहाल्छ कि ’ ! भन्ने समाचार देखेर पार्टीका नेता तथा कार्यकर्तामा पनि चिन्ता बढ्नु स्वभाविक भए पनि पार्टीको विवाद त्यो तहको होइन, नेताहरुले भन्नुभयो । पार्टीको सांगठनिक एकताका बाँकी काम तथा सरकार र पार्टीको दुवै काम प्रभावकारी बनाउनमै दुई अध्यक्षबीच निरन्तर छलफल र संवाद हुने गरेको उहाँहरुको बुझाई छ । पार्टी फुट्ने अवस्थामा पुगिनसकेको र त्यस्तो अवस्था पनि सिर्जना नुहने दोस्रो तहका नेताहरुको बुझाई छ । यो खबर गोरखापत्रमा छ ।

" /> ‘मिडियामा आएजस्तो विवाद पार्टीमा छैन, समाधानोन्मुख छ’ - Sarbocha Media

‘मिडियामा आएजस्तो विवाद पार्टीमा छैन, समाधानोन्मुख छ’

`

     २०७७ कार्तिक १९ गते १:१०

काठमाडौं,  १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो आन्तरिक विवाद मिडियामा आएकोजस्तो ‘गम्भीर’ नरहेको सो दलका नेताहरुको बुझाई छ । ठूलो र लोकतान्त्रिक पार्टीमा सामान्य बहस र टिप्पणी स्वभाविक भएको भन्दै त्यसलाई मिडियाले उछालेर ‘फुटको सङ्घारमा’ पुर्याएको उहाँहरुको तर्क छ ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नियमित भेटघाट भइरहेको र पार्टीको आन्तरिक समस्या समाधानमै कुरा केन्द्रित रहेको नेताहरुको दाबी छ । “मिडियाले समाचार दिएजस्तो दुई अध्यक्षबीच पानी बाराबारको अवस्था छैन, संवादहिनता भएको पनि होइन” नेताहरुले भन्नुभयो ।

advertisement

‘नेकपा अब फुटिहाल्छ कि ’ ! भन्ने समाचार देखेर पार्टीका नेता तथा कार्यकर्तामा पनि चिन्ता बढ्नु स्वभाविक भए पनि पार्टीको विवाद त्यो तहको होइन, नेताहरुले भन्नुभयो । पार्टीको सांगठनिक एकताका बाँकी काम तथा सरकार र पार्टीको दुवै काम प्रभावकारी बनाउनमै दुई अध्यक्षबीच निरन्तर छलफल र संवाद हुने गरेको उहाँहरुको बुझाई छ । पार्टी फुट्ने अवस्थामा पुगिनसकेको र त्यस्तो अवस्था पनि सिर्जना नुहने दोस्रो तहका नेताहरुको बुझाई छ । यो खबर गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?