advertisement

द्रुतमार्गसंग सो मार्ग जोडिएपछि काठमाडौं र हेटौँडा बीचको सडक दूरी करिब ५० किलोमिटर छोटिने बताइएको छ । यो खबर आजको गोरखापत्रमा छ ।

" /> द्रुतमार्गसंगै मदन भण्डारी मार्ग बन्ने - Sarbocha Media

द्रुतमार्गसंगै मदन भण्डारी मार्ग बन्ने

`

     २०७७ कार्तिक १८ गते १:४२

काठमाडौं, कात्तिक १८ । सङ्घीय राजधानी काठमाडौं र बागमती प्रदेश राजधानी हेटौंडाबीच कम समय दूरीमा आवतजावत गर्न निर्माणाधीन काठमाडौं –तराई-मधेस द्रुतमार्गसंग मदन भण्डारी मार्गलाई जोड्न अध्ययन सुरु गरिएको छ ।

मदन भण्डारी मार्गले राजधानीदेखि दक्षिणकाली, छैमले, सिस्नेरी, भीमफेदी हुँदै भैँसेलाई जोड्ने छ भने मदन भण्डारी राजमार्गले भने हेटौँडालाई धरान चतरासँग जोड्ने छ । द्रुतमार्गसंग मदन भण्डारी मार्गलाई जोड्ने योजनालाई मूर्तरूप दिने बागमती प्रदेश सरकारको प्रस्तावमा सङ्घीय सरकारद्वारा अध्ययन सुरु गरिएको छ ।

सङ्घीय सरकारले कार्यदल बनाएर नै अध्ययन सुरु गरेको हो । कार्यदलमा सङ्घीय अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बागमती प्रदेश सरकारका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि रहेका छन् ।

advertisement

द्रुतमार्गसंग सो मार्ग जोडिएपछि काठमाडौं र हेटौँडा बीचको सडक दूरी करिब ५० किलोमिटर छोटिने बताइएको छ । यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?