advertisement

संक्रमण पुष्टि भएको प्रमाणित कागजात प्रमाणित गर्ने भन्दै बिमा कम्पनीले भुक्तानी ठप्प पारेका छन् । तर, यसबीचमा के गर्ने भन्नेमा सरकार मौन छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> जनतालाई न उपचारमा सहुलियत, न बिमाको साथ - Sarbocha Media

जनतालाई न उपचारमा सहुलियत, न बिमाको साथ

`

     २०७७ कार्तिक १८ गते १२:३२

काठमाडौं, १८ कात्तिक । सरकारले कोभिड बिमालाई पनि अलपत्र छाडिदिएको छ । सरकारको अनुमतिमा धमाधम बिमा गरेका कम्पनीले भुक्तानी ठप्प पारेका छन् । जनतासँग अब न सरकारी सहुलियत छ न बिमाको साथ ।

बिमा कम्पनीहरूले १७ लाख ७० हजार नौ सय २६ जनाको बिमा गरेका छन् । तर, अहिलेसम्म जम्मा एक हजार चार सय ४१ जनाको मात्र दाबी भुक्तानी भएको छ ।

१७ लाख ७० हजार जनताको बिमा गर्दा कम्पनीहरूले एक अर्ब एक करोड ९१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । कुल बिमितमध्ये शून्य दशमलव ७५ प्रतिशत अर्थात् कुल १३ हजार तीन सय ५३ संक्रमित भएको भन्दै दाबी परेको थियो । तर, बिमित संक्रमितमध्ये ११ प्रतिशत अर्थात् जम्मा १४ सय ४१ जनाको मात्र भुक्तानी भएको छ ।

advertisement

संक्रमण पुष्टि भएको प्रमाणित कागजात प्रमाणित गर्ने भन्दै बिमा कम्पनीले भुक्तानी ठप्प पारेका छन् । तर, यसबीचमा के गर्ने भन्नेमा सरकार मौन छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?