advertisement

उपचारका लागि राज्यबाट ठूलो रकम लिनेमा पर्छन् वर्तमान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली । अर्थ मन्त्रालयको रिपोर्टअनुसार उनको उपचारका लागि ०७३ सम्म मात्र राज्यले एक करोड २६ लाख ३५ हजार एक सय ३७ रुपैयाँ खर्च गरेको थियो । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> नेता र पहुँचवालाको उपचारमा राज्यको चार अर्ब खर्च - Sarbocha Media

नेता र पहुँचवालाको उपचारमा राज्यको चार अर्ब खर्च

`

     २०७७ कार्तिक १७ गते १२:२२

काठमाडौं, १७ कात्तिक । अर्थ मन्त्रालयको तथ्यांकअनुसार ०६२(६३ पछि एक दशकभित्र राज्यले पहुँचवालाको उपचारमा तीन अर्ब ८८ करोड नौ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ ।

‘यो रकम खर्च भएको भए नेपालमा एउटा स्तरीय अस्पताल खोल्न सकिन्थ्यो जहाँ नेता तथा जनताको निःशुल्क उपचार गर्न सकिन्थ्यो,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘तर, ठूलाबडाको ध्यान विदेशमै उपचार गर्ने भन्ने छ, त्यसैले पैसा विदेश गएको छ, देशको स्वास्थ्य सेवा पछाडि परेको छ ।’

उपचारका लागि राज्यकोषबाट सबैभन्दा बढी रकम लिनेमा पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति दिवंगत सुशील कोइराला पर्छन् । उनको उपचारका लागि राज्यले नौपटक गरेर एक करोड ८७ लाख १७ हजार नौ सय ७४ रुपैयाँ खर्च गरेको थियो ।

पूर्वराष्ट्रपति डा. रामवरण यादव उपचारका लागि अमेरिका र भारत जाँदा राज्यकोषबाट एक करोड ४० लाख रुपैयाँ खर्च भएको छ । यादव अमेरिका जाँदा उपचार खर्च मात्र होइन, तीनजनाका लागि आतेजाते हवाईभाडा, होटेल खर्च, डा। यादवलाई दैनिक तीन सय र सहयोगीलाई दैनिक डेढ सय डलर पनि राज्यकोषबाट नै खर्च भएको थियो ।

अझ राष्ट्रपति भएका वेला उपचारका लागि जापान पनि गएका थिए । विशिष्ट पदमा भएको व्यक्तिको उपचारका लागि विदेश जाँदा सहायता नभएर राज्यको दायित्वका रूपमा खर्च हुने गरेको छ ।

advertisement

उपचारका लागि राज्यबाट ठूलो रकम लिनेमा पर्छन् वर्तमान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली । अर्थ मन्त्रालयको रिपोर्टअनुसार उनको उपचारका लागि ०७३ सम्म मात्र राज्यले एक करोड २६ लाख ३५ हजार एक सय ३७ रुपैयाँ खर्च गरेको थियो । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?